काठमाडौं ।चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ। केही दिनअघि मुख्य कलाकार विजय बरालको लुक्स सार्वजनिक गरिएकोमा आज भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरिएको हो। भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा, झुस्स दाह्री सहित केही तनावग्रस्त मुद्रामा देखिएका छन्। उनका छोराको भूमिकामा रहेका आरुस भुसाल कपाल मुन्डन, रातो लुगा र पसिनाले भिजेको अवस्थामा झोला बोकेका छन्। उक्त दृश्यले उनी संस्कृत शिक्षा लिएको संकेत गर्छ, जसलाई पृष्ठभूमिका मन्दिरहरूले पुष्टि गर्छन्। आरुसले…
पुरा पढौ