बागलुङमा ओखर खेती फस्टायाे
बागलुङ ,भदौ १७ मानव स्वास्थ्यकाे लाभदायक दाँते आेखर आम उपभोक्ताकाे राेजाइमा परे संगै यसको ब्यापारमा बढेपछि किसानहरू आेखर खेती तर्फ आकर्षित हुदै गइरहेका छन् ।बागलुङका किसानले आेखर खेती बाट नगद आम्दानी गर्न थालेपछि व्यवसायी खेती गर्ने क्रम बढेर जान थालेको छ । एक हजार मिटर देखि दुई हजार दुई सय मिटरको उचाईमा ओखर खेती हुने गर्दछ । हाडेओर छिटो उत्पादन नहुने र आम्दानी पनि लिन नसकिने भएपछि किसानले यतिबेला दाते ओखर प्रति आर्कषित बनेका छन । किसानको मागलाई मध्यनजर गर्दै…
पुरा पढौ
ढोरपाटनका किसानले नयाँ प्रविधिबाट आलु खेती गर्न थाले
बागलुङ श्रावण २९ कृषिमा आधुनिकरण संगै कृषि ज्ञान केन्द्रले परम्परागत रूपमा लगाउदै आएको आलु खेतीमा नयाँ प्रविधि भित्राए संगै बागलुङको ढोरपाटनका किसानले नया प्रविधि मार्फत आलु लगाउन थालेका छन । रैथाने जानको आलुलाई नया प्रविधिबाट खेती गर्न सुरु गरेका छन ।नया जातको आलु लगाउदा उत्पादन धेरै भएपनि स्वादिष्ट नहुने रोग किरा छिटो लाग्ने भएका कारणले पनि किसाने नया जातका आलु छाडेर पुरानै जातका आलुलाई नया प्रविधिमार्फत खेती गरेका छन । किसानले पहिला पहिला मल जल नगरिकल पाखोबारीमा त्यसै लगाउने गरेकोमा…
पुरा पढौ
बिद्यार्थी लाई कागती र सुन्तलाकाे ७ हजार बिरुवा वितरण
बागलुङ / बढ्दो जलवायु परिवर्तन न्यूनीकरण र विद्यार्थीहरुलाई कृषि तथा उत्पादनसगँ जोड्ने उद्देश्यले एक बिद्यार्थी एक कागती र एक सुन्तलाकाे बिरुवा वितरण गरिएको छ । कृषि बिषयमा स्नातकोत्तर गर्नुभएका बागलुङका सुजन सापकोटाले विगत २ बर्ष देखि बागलुङ जिल्ला भित्र ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक विद्यार्थी ,एक सुन्तला / एक कागती विरुवा वितरण अभियान संचालन गर्दै आउनुभएको छ । ७ हजार बिरुवा अहिलेसम्म बितरण गरिसकेकाे जैमिनी नगरपालिका / बागलुङ नगरपालिका र बरेङ गाउँपालिका भित्र अभियान चलिरहेको र अब…
पुरा पढौ
राष्ट्रिय धान दिवस मनाउँदै गर्दा बागलुङमा २० प्रतिशत धान राेपाई
बागलुङ /जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्वि भन्ने नारासाथ असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव २०८१ धुमधामका साथ मनाउँदै गर्दा बागलुङ जिल्लामा अहिलेसम्म २० प्रतिशत मात्र धान राेपाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजना जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फाँटमा धान राेपेर दिवस मनाएको छ । मनसुन शुरू हुने प्रतिक्षा गरिरहेकाे समयमा आकाश बाट पानी नपरेपनि सिचाइकाे सुविधा भएको बागलुङका किसानले धान रोपाइँ गरेपनि बागलुङ नगरपालिका भित्र भने…
पुरा पढौ
देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
भरतपुर (चितवन), १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता…
पुरा पढौ
लिड्स नेपाल बाट विपन्न परिवारलाई बाख्रा वितरण
बागलुङ ।लिड्स नेपाल बागलुङ शाखा मार्फत बागलुङ नगरपालिका ८ सिगाना लामिचाैरका विपन्न वर्गका किसानलाई बाेयर जातका बाख्रा वितरण गरेकाे छ । १० वटा परिवारलाई एकएक वटा बाख्रा एक कार्यक्रम बिच लिड्स नेपाल बागलुङ शाखाका प्रमुख बिन्दु देवी शर्मा ,म्याग्दी शाखाका प्रमुख निशा महत संरक्षक कृषि सहकारीका प्रतिनिधि हाेम थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा उक्त समुहका पाँच परिवारलाई प्लास्टिक टनेल वितरण गरिएको थियो ।लिड्स नेपालले किसानलाई अदुवा खेती सम्बन्धि तालिम समेत प्रदान गरेको थियो । लिड्स नेपालले बागलुङ र…
पुरा पढौ
संरक्षककाे लागि अदुवाकाे विउ वितरण
बागलुङ ।लिड्स नेपालले संरक्षककाे लागी अदुवाकाे विउ वितरण गरेको छ ।बागलुङ नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रम गरि बलेवा काे मुसुराबारि ढाड सल्यान का मानसिक राेगिका संरक्षक परिवार लाई प्रति परिवार ८ केजीको दरले अदुवाकाे बिउ निशुल्क बितरण गरिएकाे लिड्स नेपाल सस्था बागलुङ फिल्ड काेडिनेटर बिन्दु देबि शर्माले बताउनुभयो । प्रति केजि ३०० रूपैयाँ पर्ने अदुवाकाे विउ वितरण गरेर थाेरै भएपनि सहयोग गरेको संस्थाले जनाएको छ ।मुख्य गरेर अपांग र विपन्न परिवारलाई लक्षित गरेर आयआर्जनका कार्यक्रम संचालन गर्दै आएको…
पुरा पढौ
हलगोरु पाल्नेलाई दश हजार अनुदान दिने जैमिनी नगरपालिकाले
बागलुङ । आधुनिकता संगै भएका युवा जनशक्ति राेजगारीकाे लागि बिदेशीने क्रम बढेसंगै गाउँ घरमा खेतीपाती गर्ने किसानले परम्परागत रूपमा पालिने गाेरूजाेतेर खेती गर्न छाडेपछि किसानलाई गाेरू पालेर खेती गर्न प्राेत्साहन गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने कार्यक्रम ल्याएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत…
पुरा पढौ
तोरी फुलेर पहेँलपुर म्याग्दीको रत्नेचौरमा पर्यटकको आकर्षण बन्दै
म्याग्दी /म्याग्दीको रत्नेचौरमा यतिबेला ताेरी फुलेर पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा ।३ बर्ष देखि रत्नेचाैरमा लगाएको ताेरी सामाजिक संजाल मार्फत भाइरल भएपछि आन्तरिक पर्यटक पुगेर मनाेरन्जन लिइरहेका छन् । हुनत यतिबेला देशभरका खेतबारीमा किसानले लगाएको ताेरी पहेँलो फुलिरहेकाे भएपनि म्याग्दी जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर १ रत्नेचाैर फुलेको पहेँलो ताेरीवारीएकपटक नपुग्ने आन्तरिक पर्यटक कमै भेटिन्छ…
पुरा पढौ
बागलुङका कृषकलाई धान काट्ने चटारो
मंसिर ४ गते हुने निर्वाचनमा उमेदवार बनेका नेताहरूलाई यतिबेला मतदानकोमा पुगेर भाेट माग्ने चटारो छ भने अहिले त्योभन्दा पनि ठूलो चटारो नेपाली किसानलाई छ ।नेपालीहरूकाे महान चाडपर्व दशै र तिहार सकिए लगत्तै बागलुङका किसानलाई धान काट्न भ्याइनभ्याई छ ।चाडपर्व सकिन नभ्याउदै असारमा राेपेकाे धान खेतमा पाकेपछि धान काट्ने चटारो छ यतिबेला । नेपालीहरूकाे दाेस्राे ठूलो चाड तिहार सकिए लगत्तै बागलुङका किसानलाई असारमा राेपेकाे धान काट्ने चटारोले छाेेपेकाे छ ।असारमा राेपेकाे गाैरीया धान यतिबेला खेतमा पहेलो गरि पाकेपछि सबै काम कुरा…
पुरा पढौ