अन्तर्वार्ता

अग्निदहनका कलाकार प्रकाश घिमिरे संग कुराकानी

काठमाडौं । कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् । उनीसँगफिल्मसँग सम्बन्धित रहेर गरिएको कुराकानीः– अग्निदहनमा कसरी जोडिनुभयो ? म ‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें । पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो… पुरा पढौ

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

सल्यान, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताउनुभयो । “योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी… पुरा पढौ

प्रधानमन्त्री कार्यालयले थाल्याे नीति तथा कार्यक्रम तर्जुमा प्रक्रिया, बिभिन्न क्षेत्रसँग छलफल जारी

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा विभिन्न क्षेत्रसँग छलफल तथा सुझाव संकलन सुरु गरेको छ। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आ.व. को नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव संकलन गर्ने क्रममा आझ समष्टिगत आर्थिक, उद्योग, व्यापार, पर्यटन, कृषि, वन तथा वातावरण र बैंक तथा… पुरा पढौ

अन्तर्वार्ता–प्रधानमन्त्रीको कांग्रेससँग सहकार्य टुट्नुमा राजनीतिक बैचारिक कारण मुख्य हो: गोविन्द आचार्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

गोविन्द आचार्य पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्यको गठबन्धन अकस्मात तोडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाउनुपर्ने आवश्यकता किन पर्‍यो–कांग्रेससँगको सत्ता गठबन्धन रातारात टुटेको होइन । यसका पछाडि प्रधानमन्त्रीज्यूको कांग्रेससँग केही राजनीतिक, वैचारिक, सैद्धान्तिक र व्यावहारिक मतभेदहरु रहेका छन् । मुख्यरुपमा राजनैतिक वैचारिक मतभेद… पुरा पढौ

अभियानकै रूपमा मेला–महोत्सवहरू हुनु अर्थतन्त्रमा सुधारको प्रमाण होः प्रधानमन्त्री

सन्धिखर्क। प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकोमा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको बताउनुभएको छ। सोमबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू बिरलै देखिने गरेकोमा यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत भएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू बिरलै हुने गर्दथे। तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन्। विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार… पुरा पढौ

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने

काठमाडौं। निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो। छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक… पुरा पढौ

बडिगाडको सार्वजनिक सुनुवाई भदौ २ गते हुने

बागलुङको बडिगाड गाउँपालिकाले आगामी भदौ २ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको समिक्षा तथा सार्वजनिक सेवा प्रवाहको सवालमा नागरिहरुलाई सुसूचित गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाकाले जनाएको छ । स्थानीय शासन सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार स्थानीय निकाय र नागरिकहरु बीचमा दोहोरो सम्बाद स्थापित गर्दै विकास निर्माणका कार्य र सेवाप्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन हरेक सार्वजनिक सुनुवाईको नियमित आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।भदौ २ गते… पुरा पढौ

के भन्छन बेनी नगरपालिका का मेयरका उम्मेदवार चिरञ्जीवी शर्मा (भिडियो अन्तर्वार्ता)

गण्डकी प्रदेशकै पर्यटकीय ट्रान्जीट प्वाइन्ट मानिएको म्यादी जिल्लाको सदरमुकाम समेत रहेको बेनी नगरपालिकामा पाँच दलीय गठवन्धनबाट मेयरका उम्मेदवार बनेका शर्मा सँग हिडन खबरकर्मी राम प्रसाद घिमिरेले गरेको कुराकानीको भिडियो अंश….. पुरा पढौ

सबै आकाँक्षीको साझा प्रस्तावमा पुनः उम्मेदवार भएको हुँ पौडेल

बागलुङ नगरपालिकामा पाँच बर्ष मेयर बनेर संघीयताको पहिलो कार्यकाल पुरा गरेका जनकराज पौडेल पुनस् मेयर पदमा उम्मेदवार बनि चुनावी मैदानमा छन् । के भन्छन त नेकपा एमाले र राप्रपा नेपालबाट मेयर पदमा उम्मेदवार बनेका जनकराज पौडेल । मेयरका उम्मेदवार पौडेल सँग हिडन खबरकर्मी सुवास आचार्यले गरेको कुराकानी । पुरा पढौ