पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छः प्रचण्ड
काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु…
पुरा पढौ
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड
काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास…
पुरा पढौ
“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ
२०८१ मंसिर १३ गते पर्वत जिल्ला प्रहरी कार्यालय, पर्वत र सामाजिक विकास कार्यालय, पर्वतको संयुक्त आयोजनामा “लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान” को जिल्ला पर्वतमा शुरू भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै जिल्ला समन्वय समिति, पर्वतका प्रमुख विष्णुराम विकले समाजमा कुनै पनि स्वरुपको हिंसा अन्त्य गरी समुन्नत समाज निर्माणमा हातेमालो गर्न सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रविन बिष्टले लैङ्गिक…
पुरा पढौ
स्वास्थ तथा प्रविधि बिज्ञान मन्चकाे अध्यक्षमा सुनिल कुमार चालिसे निर्वाचित
काठमाडौं / सीपयुक्त युवा जनशक्ति राेजगारी र विकासगुणस्तरीय प्राविधिक शिक्षा समृद्धिकाे निकास भन्ने नारा साथ स्वास्थ तथा प्रविधि बिज्ञान मन्च (फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स ) काे काठमाडौंमा मंसिर ४ र ५ गते दुई दिनसम्म भएको आठौं महाधिवेशनले सुनिल कुमार चालिसेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । डाक्टर नेत्रराज चटाैट निर्वतमान अध्यक्ष उपाध्यक्षहरूमा इन्जिनियर बिजय कुमार झा ,कपिल पाेखरेल , सुधाकर मिश्र ,महासचिवमा निर्मल सापकोटा ,लेखा समितिकाे संयाेजकमा डाक्टर विनोद यादव समितिकाे सचिवमा विनोद कुमार श्रेष्ठ…
पुरा पढौ
समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड
काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब पढेर पनि आउँदैन । समाजवाद अरु कुनै देशको नक्कल गरेर बन्ने कुरा पनि होइन र समाजवाद कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर जनतालाई अर्ती उपदेश दिएर आउने पनि होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो–…
पुरा पढौ
माओत्से गुरुङ अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ
काठमाडौं । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन् । माओत्सेसँग फिल्मलाई लिएर गरिएको कुराकानीः– धामीको चरित्र निभाउन कत्तिको गाह्रो वा सजिलो ? धामीको चरित्र निभाउन सजिलो चाहिँ पक्कै थिएन । एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । यो चरित्रका लागि के कस्तो तयारी गर्नुभयो ? धेरै तयारी…
पुरा पढौ
केयर चाइल्ड अर्फनेजमा लायन्स क्लब जुपिटरकाे सहयोग
काठमाडौं / हामी सेवा गर्छौं भन्ने उदेश्यका साथ गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं जुपिटरले नेपालीहरूकाे महान चाड बिजया दशमीकाे उपलक्ष्यमा भाेक लाई भाेजन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं बानेश्वर शान्तिनगरमा रहेको केयर चाइल्ड अर्फनेजमा खाध्य सामाग्री र कपडा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हाे ।१३ जना अनाथ टुहुराले आश्रय लिइरहेकाे ठाउँमा पुगेर सहयोग हस्तान्तरण गरेको लायन्स क्लब अफ काठमाडौ जुपिटरका चार्टर प्रिसिडेन्ट चुडामणिसुवेदीले बताए ।सहयोगी मनका धनी संघसंस्था र ब्यक्तिहरूकाे सहयोगमा चलिरहेको संस्थालाई सहयोग गर्न…
पुरा पढौ
अब सहरी क्षेत्रको पूर्वाधार निर्माण गर्दा गम्भीर भएर सोच्नुपर्छः प्रचण्ड
भक्तपुर, १५ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिरो भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक…
पुरा पढौ
१७ देखि २० लाखसम्म खर्च गरेर जापान र युरोप छिर्नेहरु प्रती समर्पित ।
संजालमा फेला परेको यो सन्देश समसामयिक भएको हुनाले जस्ताको तस्तै प्रकाशन गरिएको हाे ।अहिले बिदेश जान भाइबहिनी कसैलाई निराश बनाउन हैन नेपालीकाे यथार्थ कथा ब्यथा भएको हुनाले सन्देशकाे लागि मात्रै हाे यसलाई एकपटक अध्ययन गरेर मनन गर्दा राम्रो हुन्छ भन्ने हाम्रो ठम्याइ मात्रै हाे । बडो सानले काधमा देशको झन्डा हालेर सुर्केस गुड्काउदै त्रिभुवन विमानस्थलमा खिचिएका तस्वीर फेसबुकमा अपलोड हुन्छन् र त्यहा बडो खुसियालीका साथ लेखिन्छ "उच्च शिक्षा अध्ययन सफल रहोस शुभकामना बधाई" आदि इत्यादि । सर्बप्रथम यहाँ जोड्न खोजेको…
पुरा पढौ
एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट सुरु
५ असाेज काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजकाे आयाेजनामा हुन गइरहेकाे नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट राजधानीमा सुरु भएको छ । २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा आयोजना हुने यस इभेन्टका लागि आजबाट विभिन्न १० वटा विधामा सव-इभेन्टहरु सुरु भएको हो । इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया काेडिनेटर आभास राजभण्डारीले बताए । यस इभेन्टका लागि देशभरका कलेजबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्…
पुरा पढौ