विचार/ब्लग

डेंगु भएपछि मात्रै थाहा भयो, यो पीडा कति गाह्रो रहेछ

भदौ ४ गतेको रात मेरो जीवनका लागि निकै पीडादायी रह्यो। राति अचानक अत्यधिक टाउको दुख्न थाल्यो। दुखाइ यति धेरै थियो कि रातको करिब ३ बजे धौलागिरी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुग्नुपर्‍यो। स्वास्थ्य परीक्षणसँगै डेंगुको परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो। डेंगु भन्ने सुनेको त थिएँ, तर आफैंलाई नहुँदासम्म यसको पीडा र कठिनाइ कति गाह्रो हुन्छ भन्ने वास्तविक रूपमा महसुस गरेको थिइनँ। डेंगु पोजेटिभ भएपछि शरीर निकै कमजोर हुने, ज्वरो आउने, टाउको दुख्ने, शरीर गल्ने, खान मन नलाग्ने र खाएको खानासमेत स्वादिलो… पुरा पढौ

डिजिटल ठगी : लोभ, लापरवाही र कमजोर सचेतनाको परिणाम

डिजिटल प्रविधिको विस्तारसँगै हाम्रो दैनिक जीवन निकै सहज बनेको छ। बैंकिङदेखि किनमेल, सञ्चारदेखि आर्थिक कारोबारसम्म अधिकांश काम घरमै बसेर गर्न सकिने भएको छ। तर प्रविधिको यही सहजतासँगै डिजिटल ठगी र साइबर स्क्यामका घटना पनि तीव्र रूपमा बढिरहेका छन्। नेपालमा पछिल्लो समय विभिन्न बहाना बनाएर गरिने डिजिटल ठगी, आर्थिक स्क्याम तथा भावनात्मक ठगीका घटना निरन्तर सार्वजनिक भइरहेका छन्। यस्तो अवस्था देख्दा एउटा गम्भीर प्रश्न उठ्छ—के हामी छिट्टै धनी बन्ने लोभमा परिरहेका छौँ, कि हामीमा अझै पर्याप्त वित्तीय तथा डिजिटल साक्षरता विकास… पुरा पढौ

नेपालमा गुणस्तरीय क्यान्सर उपचार सेवा भइरहेको बिदेश जानुपर्छ भन्ने भाष्य गलत

काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एन्ड अवेयरनेस नेपाल (CSAN) ले क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ। काठमाडौंस्थितमा आयोजित पत्रकार सम्मेलनमा  क्यान्सर रोग भरसक नेपाली लाई नलागाेस् तर लागेरइण्डिया चाइना सिंगापुरमा महंगोमा उपचार गर्नुभन्दा नेपाल मै सस्तोमा उपचार गर्न गराउन आफुहरूले काम गरिरहेकाे नेपालमा क्यान्सरको उपचार महंगो यहाँ शुरू नगराै बाहिर जानुपर्छ जान दियौं भन्ने भाष्य रहेकोकाठमाडौं क्यान्सर सेन्टरका डाक्टर अन्जनी कुमार झाले बताए । डाक्टर झा ले… पुरा पढौ

गोदावरी मार्बल डाँडा : छोटो दूरी, फराकिलो यात्रा

जावलाखेलको बिहान हल्का चिसो थियो, तर हाम्रो मन भने अपेक्षाको तातो ऊर्जा बोकेर तताइरहेको थियो। बिहान ९:५० बजेको घडीले संकेत दियो—हाम्रो पूर्व–योजनाबद्ध हाईकिङ सुरु हुने समय भइसकेको छ। सबै साथीहरू निर्धारित समयमै भेला भयौँ, अनि यात्रा शुरु हुदाँ लाग्यो– हामी सबै एकै तालमा धड्किरहेका छौँ, एउटा साझा सपना बोकेर; छोटो यात्राबाट जीवनमा रंगिन स्मृतिका फूल फुलाउने आकांक्षा लिएर। बसमा सँगै बसेको हाम्रो समूह सानै थियो, तर उत्साह भने निकै ठूलो। बसका सीटहरूले हाम्रो हाँसो, गीत र गजलहरू समाउन नसकेर बारम्बार… पुरा पढौ

निरयघाटमा जारी महायज्ञमा भव्य योग शिविर, दैनिक ७ सय जनाको सहभागिता

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ निरयघाटमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञअन्तर्गत भव्य योग शिविर सञ्चालन भइरहेको छ। शिविरमा सहभागी भक्तजनलाई शारीरिक, मानसिक तथा आत्मिक सन्तुलनका लागि योग अभ्यास गराइँदैछ। योग गुरु ललित शंकर योगीले योगको महत्व, स्वास्थ्य लाभ तथा सकारात्मक जीवनशैलीबारे प्रत्यक्ष प्रशिक्षण दिइरहनुभएको छ। महायज्ञ र योग शिविरमा बागलुङ, पर्वत तथा आसपासका जिल्लाका भक्तजनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जनप्रतिनिधि तथा पत्रकारहरू पनि सहभागी भएका छन्। भक्तजनको सहज आगमनका लागि यातायातको विशेष व्यवस्था… पुरा पढौ

पत्रकार सुरेश रजकको हत्या : दुई साता बित्दा पनि सरकार मौन

राजावादी आन्दोलनको प्रत्यक्ष रिपोर्टिङको क्रममा पत्रकारको घरमा आगलागी, सुनियोजित हत्या भएको आशंका राजधानीको तिनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका एभिन्युज खबरका क्यामेरापर्सन तथा फोटो पत्रकार सुरेश रजकको घरमा आगलागी गराई हत्या गरिएको घटना दुई साता बितिसक्दा पनि सरकारले कुनै ठोस प्रतिक्रिया नजनाएको भन्दै विभिन्न सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। घटनाको दिन पत्रकार रजकले आन्दोलन स्थल नजिकैको एक घरको माथिल्लो तलाबाट प्रत्यक्ष प्रसारण गरिरहेका थिए। उनी रिपोर्टिङ गरिरहँदा सोही घरमा आगलागी भयो, जुन दृश्य… पुरा पढौ

लोक तथा दोहोरीगीत प्रतिष्ठानको २४औं  साधारण सभा तथा बिधान अधिबेशन सन्दर्भको विश्लेषण

यति बेला राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औं केन्द्रिय बार्षिक साधारण सभा तथा बिधान अधिबेशन गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा असोज ११ र १२ गते आयोजना भएको प्रचार प्रसार भैरहेको छ । खुसीको कुरा के छ भनें यस प्रदेशले प्रतिष्ठानका ऐतिहासिक कामहरु सफलरुपमा सम्पन्न गर्दै आएको छ /त्यसै क्रममा यो संस्थाको ऐतिहासिक ७ औं महाधिवेशन पोखरामा सम्पन्न गर्दै गर्दा आयोजको समितिको जिम्मेवार भुमिका प्रतिष्ठान गण्डकी प्रदेशको बरिस्ठ उपाध्यक्षका हैसियतले मैले पनि प्राप्त गरें ,त्यसैले यत्ती भन्न सक्छु यो कार्यक्रम पनि… पुरा पढौ

काठमाडौंकाे टुँडिखेलमा बिश्वकप क्रिकेट लाइभ देखाइने

काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ देखाउने भएको छ । महानगरले काठमाडौं टुँडिखेलमा नेपालको सबै खेल लाइभ देखाउने भएको हो । टी–२० विश्वकपमा नेपालले भोलि राति ९ः१५ बजे नेपालले नेदरल्यान्ड विरूद्व खेल्दै छ ।महानगरले आयोजना गरेको उक्त कन्सर्टसहितको विश्वकप लाइभमा मेयर बालेन शाह पनि उपस्थित हुनेछन् । टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइने महानगरले जनाएको छ । त्यस्तै टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको साथै खाजा खानाको पनि व्यवस्था गरिएको छ । दर्शकहरू सबैलाई निशुल्क प्रवेश गराइने पनि महानगरले जनाएको छ । पुरा पढौ

कतारमा के छ,नेपालमा के छैन ?

इन्द्र बहादुर क्षेत्री बागलुङ जैमिनी ४ हाल बेल्जियम कतारसँग कालो सून ( तेल ) छ,नेपालसँग सेतो सून ( पानी ) छ । कतारसँग जनशक्ति छैन,हामीसँग प्रयाप्त जनसँख्या र ४५ वर्ष मूनिको बहूसँख्यक तरूण जनशक्ति छ । कतारसँग उब्जाउ भूमी छैन,हामीसँग विविधतापूर्ण उब्जाउ भूमी छ । कतार मरूभूमीको देश हो,नेपालसँग तीन खालको उचाइ हिमाल,पहाड,तराइ र तिनै खालको हावापानी छ । कतारको तेल निश्चित समय पछि सकिने छ,नेपालको पानी हिमाल रहेसम्म रहिरहने छ । अनि के खाएर कतार धनकुवेर भयो र हामी… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी टाेलीले जिल्लाकाे ताराखाेला गाउपालिका १ भुस्कात घर बताउने ४४ बर्षिय गुरूङलाइ लुकीछिपी हिडिरहेकाे समय माघ १७ गते पक्राउ गरेको सुुचना अधिकारी मदन केसीले बताए ।

यहीँ माघ ७ गते बागलुङको मध्यपहाडी राजमार्गमा कार्यालय जान हिडिरहेका स्वास्थ्यकर्मी केसीलाई बिच सडक राेकेर हेल्मेट खाेली कालाेमाेसाे दलेर अभद्र ब्यवहार गरेकाे भन्दै प्रहरीले अनुसन्धान गरि पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बागलुङमा म्याद थप गरेको जनाएको छ। पुरा पढौ