खेलकुद

भलिबल संघ बागलुङको अध्यक्षमा गोरखबहादुर भण्डारी निर्वाचित

बागलुङ, असोज ५ — जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन तथा कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन्।त्यस्तै, सदस्यहरूमा योगेश भण्डारी, माया रोका, यमदीप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ। अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष… पुरा पढौ

जैमिनी ब्याडमिन्टन संघद्वारा तीज मेला स्थगित

बागलुङ, भदौ २१ — जैमिनी ब्याडमिन्टन संघको आयोजना तथा जैमिनी नगरपालिका–९ को मुख्य सहयोगमा आयोजना हुने तय भएको तीज मेला–२०८३ स्थगित गरिएको छ। संघले आइतबार एक सूचना जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा मुलुक शोकको अवस्थामा रहेकाले यस वर्षको तीज मेला स्थगित गर्ने निर्णय गरिएको जनाएको हो। संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको… पुरा पढौ

गाईजात्राको अवसरमा ‘नवौं किसिपिडी आन्तरिक ब्याडमिन्टन प्रतियोगिता–२०८३’ सुरु

काठमाडौं, भदौ ६ – गाईजात्राको अवसर पारेर किसिपिडीले आयोजना गरेको ‘नवौं किसिपिडी आन्तरिक ब्याडमिन्टन प्रतियोगिता–२०८३’ शनिबारदेखि महाकाल ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र महर्जनले गरेका हुन्। उद्घाटन कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, बागमती प्रदेशसभाकी पूर्वसांसद बेलीमाया घलेलगायतको उपस्थिति रहेको थियो। आयोजक किसिपिडीका अनुसार प्रतियोगितामा स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। गाईजात्रा पर्वको सांस्कृतिक महत्वलाई खेलकुदसँग जोड्दै आयोजना गरिएको प्रतियोगिताले खेलाडीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै आपसी सम्बन्ध सुदृढ… पुरा पढौ

लेउवा संघको स्थापना दिवसमा खेलकुद प्रतियोगिता सम्पन्न

लेखनाथ, १९ असार लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसरमा सदस्यबीच ब्याडमिन्टन र दौड प्रतियोगिता सम्पन्न गरेको छ। ब्याडमिन्टन प्रतियोगितामा शुभम पार्टी प्यालेसका हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सन्तोष गुरुङ विजेता बने। गण्डकी मल्टी एग्रो फार्मका हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका लक्ष्मण बाँस्तोला उपविजेता भए। दुई समूहले सान्त्वना स्थान पाए। विजेताले क्रमशः रु ३० हजार, १७ हजार र ८÷८ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। महिला दौडमा छाया बसौला… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधि

असार १२, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउन्डेसन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ‘ब्रेकिङ बाउन्ड्रीज’ छात्र–छात्रा अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका माध्यमिक विद्यालय र छात्रातर्फ बाराही माध्यमिक विद्यालयले उपाधि जितेका छन्। पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा कालिकाले जनप्रिय माध्यमिक विद्यालयलाई तथा बाराहीले कालिका माध्यमिक विद्यालयलाई पराजित गर्दै यस संस्करणको च्याम्पियन बन्न सफल भएका हुन्। प्रतियोगिताका विजेता खेलाडीहरूले ६० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीले ४० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र… पुरा पढौ

खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवालाई

लेखनाथ — बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार सम्पन्न छैटौँ संस्करणको खुला डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठनले उपाधि हात पारेको छ। महिला तथा पुरुष दुवैतर्फको प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थानमा विजय हासिल गर्दै फेवाले उपाधि कब्जा गरेको हो।महिला तर्फ एक हजार मिटर दुरीको दौडमा फेवा डुंगा व्यवसायी समितिकी सन्तमाया जलारीको टोलीले २० मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान प्राप्त गर्‍यो। फेवाकै उषा गुरुङको टोलीले २० मिनेट ४९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्‍यो… पुरा पढौ

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुँदै

लेखनाथ, जेठ २७ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा जेठ २७ गते लेखनाथस्थित बेगनासतालमा छैटौं संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुने भएको छ। बेगनासतालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, ताल क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिमबारे सचेतना फैलाउने, तालको महत्वबारे जानकारी गराउने तथा खेलकुदमार्फत आन्तरिक पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष नवराज बाँस्तोलाले जानकारी दिनुभयो। अध्यक्ष बाँस्तोलाका अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुँडा र कँडेलटुँडाबीचको करिब दुई किलोमिटर… पुरा पढौ

बागलुङमा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरु

बागलुङ, वैशाख २८ श्री नं २३ बाहिनी अड्डा बागलुङको आयोजनामा सोमबारदेखि ‘बाहिनीपति ट्रफी प्रतियोगिता–२०८३’ सुरु भएको छ। नेपाली सेनाको २३ नं बाहिनी अन्तर्गत रहेका गण तथा गुल्महरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ तथा निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले संयुक्त रूपमा गर्नुभएको थियो। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ तथा एथलेटिक्स गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा श्री नं ३२ बाहिनी अड्डा, कालिजंग गण बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख… पुरा पढौ

प्रथम युवा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं चैत २१ बागलुङ समाज कल्याण केन्द्रले समयमा समयमारचनात्मक गतिविधि गर्ने सिलसिलामा युवाहरूको चाहना र भावना अनुसार फुटसल खेलकाे आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ समाज कल्याण केन्द्र बागलुङ युवा समुहद्वारा आयोजीत प्रथम फुटसल प्रतियाेगीता २०८२ शनिबार मनाङ मर्स्याङदि फुटसल ग्राउन्ड सामाखुशीमा सम्पन्न भएको छ । फुटसल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कालीका माई टिम कप्तान सुमित प्रधान दृतिय हुने कालीगण्डकी टिम लाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ढाेरपाटन टिमले… पुरा पढौ

जेनेक्समा २८ गते गेमिङ प्रतियोगिता

पोखरा, २७ फागुन पोखराका गेमिङ पारखीलाई लक्षित गरी विशेष गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ। आरओजी सटडाउन सिरिज नामक प्रतियोगिता बिहीबार पोखराको जेनेक्स प्लाजामा हुने कार्यक्रम तय भएको छ। नागमणि प्रालि र आसुसको सहयोगमा आयोजना हुने प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम ईए एफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले जानकारी दिए। प्रतियोगितामा विजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्। गेमिङ क्षेत्रमा… पुरा पढौ