पर्यटन

रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स बुकिङ खुला

काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ। ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो। गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ। प्रेम र सम्बन्धलाई केन्द्रमा राखिएको यस गीतमा ‘माया’ शब्द बुझ्न कति कठिन हुन्छ भन्ने भाव व्यक्त गरिएको छ। प्रेम, विश्वास र त्यसमा हुने घातलाई गीतमा सुन्न सकिन्छ। गीतको भिडियोमा मुख्य कलाकार अर्पण थापा र बेनिशा हमालको अभिनय रहेको छ। उनीहरूबीचको प्रेम र सम्बन्धलाई… पुरा पढौ

उत्कृष्ट प्रतिक्रिया पाएको ‘द ब्ल्यू लाइट’ आजदेखि हलमा

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत रिलिज भएको यस चलचित्रले बिहीबार सम्पन्न प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ।  बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा तयार गरिएको हो। प्रिमियरमा उपस्थित दर्शक तथा समीक्षकहरूले यसलाई फरक स्वाद बोकेको नेपाली चलचित्रका रूपमा मूल्यांकन गरेका छन्।  दर्शकहरूले चलचित्रको पार्श्वसंगीतले थ्रिलरको माहोल अन्त्यसम्म कायम राखेको प्रतिक्रिया दिएका छन्। एउटै ढाँचाका चलचित्र हेरेर वाक्क भएका दर्शकका लागि ‘द ब्ल्यू लाइट’ले नयाँपन दिने विश्वास प्रिमियरमा देखिएको… पुरा पढौ

चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक, कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’

काठमाडौं । आगामी फागुन १ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रमा विश्वप्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वरमा ‘शिव ताण्डव स्तोत्रम्’ समावेश गरिएको निर्माणपक्षले जनाएको छ। पोस्टरमा मुख्य पात्रहरू प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुसा न्यौपाने र विकास जोशीलाई रौद्र तथा तनावपूर्ण मुद्रामा देखाइएको छ। श्यामस्वेत पृष्ठभूमिमा चक्र र आगोको प्रयोगले पात्रहरूको संघर्षपूर्ण जीवनलाई संकेत गरेको छ। महाशिवरात्रिको अवसर पारेर रिलिज हुने ‘शिवांश’बारे गायक खेरले विशेष भिडियो सन्देश जारी गर्दै नेपाल–भारत मैत्री सम्बन्ध… पुरा पढौ

अभिनेता विजय बरालको गायनमा डेब्यु, ल्याए ‘विधिको शासन’

काठमाडौं । रंगमञ्च र चलचित्रमा जीवन्त अभिनयले दर्शकको मन जितेका अभिनेता विजय बराल अब गायनमा डेब्यु गरेका छन्। उनले ‘विधिको शासन’ बोलको गीतमार्फत नयाँ यात्रा सुरु गरेका हुन्। शौरभ कार्कीको शब्द र प्रशान्त शिवाकोटीको संगीतमा तयार गीतले देशको राजनीतिक विसंगति र ‘जेनजी आन्दोलन’ले उठाएका मुद्दा उजागर गरेको छ। गीतले विकास र समृद्धिका लागि विधिको शासन अपरिहार्य हुने सन्देश दिन्छ। बराल भन्छन्, “यो मेरो पहिलो गीत हो। गायक नभए पनि साथीहरूको हौसला र विश्वासले प्रयास गरेको हुँ।” उनले थपे, “यो व्यक्तिगत… पुरा पढौ

चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै

काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ । निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा हो । चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘हरर’ विधाको फिल्मको रूपमा अनुमान गरेका थिए… पुरा पढौ

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा

बागलुङ माघ १२ बागलुङ एकता क्लबको आयोजनामा हुन लागेको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ का सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी क्लबले सार्वजनिक गरेको हो।  विगत तीन वर्षदेखि बागलुङ एकता क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ १३ गतेदेखि १७ गतेसम्म बागलुङ नगरपालिका–१ स्थित बंगचौर खेलमैदानमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी कुल ११ टिम सहभागी हुने खेल संयोजक स्वदेश बुढाथोकीले जानकारी दिनुभयो।  प्रतियोगिताको विजेता टिमले रु.… पुरा पढौ

अर्पण थापाको नयाँ फिल्म ‘फ्रेन्च किस’”

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्रको घोषणा शुक्रबार वसन्तपञ्चमीको अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सरस्वती पूजा गर्दै शुभमुहूर्तसहित गरिएको हो। नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका छन्। यस चलचित्रलाई थापाले स्वयं निर्देशन गर्नेछन्। सोमबारदेखि चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुने भएको छ। चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। उनीसँगै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको… पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट माघ १६ गते रिलिज हुँदै

काठमाडौं माघ ७ आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदैछ । यसमा अनुभवी कलाकारहरूको अभिनय रहनेछ, जसले आफूलाई दर्शकमाझ पहिल्यै प्रमाणित गरिसकेका छन्। अभिनय क्षेत्रमा अब्बल मानिएका कलाकारहरूको सहभागिता रहेको यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी थिइन्। यस चलचित्रका अर्को मुख्य कलाकार महेश त्रिपाठी हुन्। उनले ‘हल्कारा’मार्फत अब्बल दर्जाको अभिनेता भनेर पहिचान बनाएका थिए। हाल हलमा प्रदर्शन भइरहेको चलचित्र ‘परान’मा पनि महेशको अभिनय देख्न सकिन्छ। अर्पण थापा नेपाली चलचित्र… पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट माघ १६ गते रिलिज हुँदै

काठमाडौं माघ ७ आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदैछ । यसमा अनुभवी कलाकारहरूको अभिनय रहनेछ, जसले आफूलाई दर्शकमाझ पहिल्यै प्रमाणित गरिसकेका छन्। अभिनय क्षेत्रमा अब्बल मानिएका कलाकारहरूको सहभागिता रहेको यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी थिइन्। यस चलचित्रका अर्को मुख्य कलाकार महेश त्रिपाठी हुन्। उनले ‘हल्कारा’मार्फत अब्बल दर्जाको अभिनेता भनेर पहिचान बनाएका थिए। हाल हलमा प्रदर्शन भइरहेको चलचित्र ‘परान’मा पनि महेशको अभिनय देख्न सकिन्छ। अर्पण थापा नेपाली चलचित्र… पुरा पढौ

चलचित्र ‘शिवांश’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।  ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द तथा राजनराज स्वयंको संगीत रहेको छ।  लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरिएको छ। गाउँबेसीमा प्रचलित मिठासपूर्ण शब्द र लयले गीतलाई आकर्षक बनाएको छ।  गीतमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गरेको तारिफ प्रस्तुत गरिएको छ। भाग्य, मायामोह, प्रेम र आकर्षणजस्ता भावनाहरू गीतमा समेटिएका छन्। गीतको… पुरा पढौ