स्वास्थ्य

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा खुसी मन बागलुङको तीनदिने विशेष कार्यक्रम

बागलुङ, असोज २० । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नारासहित खुसी मन बागलुङले तीनदिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। खुसी मन बागलुङको आयोजनामा तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा असोज २१ देखि २३ गते (अक्टोबर ७ देखि ९) सम्म सञ्चालन हुने कार्यक्रम बाढी तथा विपद् प्रभावित क्षेत्र, शैक्षिक संस्था र सञ्चार क्षेत्रलाई लक्षित गरी आयोजना गर्न लागिएको हो। संस्थाका अध्यक्ष नारायणप्रसाद आचार्यका अनुसार विपद्पछिको मनोसामाजिक सहयोग, युवामा बढ्दो… पुरा पढौ

कालिगण्डकी आवासीय विद्यालयमा तनाव व्यवस्थापन र सकारात्मक सोचसम्बन्धी प्रशिक्षण

बागलुङ, असोज १७ । कालिगण्डकी आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ‘खुसी मन’ बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीमा तनाव उत्पन्न हुने कारण, त्यसका प्रभाव तथा तनावलाई सकारात्मक रूपमा व्यवस्थापन गर्ने उपायबारे जानकारी गराउनुभयो। नियमित दिनचर्या, पर्याप्त आराम, सकारात्मक सोच, आफ्ना भावना व्यक्त गर्ने बानी तथा समस्या समाधानमा केन्द्रित अभ्यासले तनाव व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ थियो। विद्यार्थीहरूले आफ्ना समस्या र… पुरा पढौ

कुश्मिसेरामा २८ किशोरीलाई HPV खोप प्रदान

बागलुङ, असोज १४ — पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा लक्षित किशोरीहरूलाई एचपीभी (HPV) खोप प्रदान गरिएको छ। कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको समन्वय तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा वडा क्षेत्रभित्र रहेका तीन माध्यमिक विद्यालयका किशोरीहरूलाई खोप प्रदान गरिएको हो। स्वास्थ्य केन्द्रका अनुसार असोज १२, १३ र १४ गते सञ्चालन गरिएको खोप अभियानमार्फत तीनवटै विद्यालयका २८ जना किशोरीले एचपीभी खोप प्राप्त गरेका छन्। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक मानिने ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमणबाट बचाउन यो खोप प्रभावकारी मानिन्छ।… पुरा पढौ

कलंकीमा आँखा क्लिनिक सुरु आधुनिक मेसिनबाट जाँच

काठमाडौं असाेज १२ राजधानीको व्यस्त क्षेत्र कलंकीस्थित हनुमान मार्केटमा आइतबारदेखि सुरु भएको आँखा परिक्षण कार्यक्रम एक सातासम्म सञ्चालन भएर सम्पन्न भएको छ । परिक्षण कार्यक्रममा सहभागी सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, आवश्यक परामर्श तथा आँखासम्बन्धी समस्याबारे विशेषज्ञ सुझाव प्रदान गरिएकाे थियो । संचालीका सचिव पुष्पाञ्जली वाग्लेका अनुसार समुदायमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्याको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । पूर्ण दृष्टि तथा आँखा उपचार केन्द्रले आधुनिक प्रविधि मेसिनको सहयोगमा क्लिनिक सञ्चालन भइरहेको… पुरा पढौ

विश्व रेबिज दिवसको अवसरमा जैमिनीमा कुकुरलाई निःशुल्क रेबिज खोप

बागलुङ — विश्व रेबिज दिवस २०२६ को अवसरमा जैमिनी नगरपालिका पशु सेवा शाखाले कुकुरहरूलाई रेबिज रोगविरुद्ध निःशुल्क खोप सेवा सञ्चालन गर्ने भएको छ। रेबिज रोगको जोखिम न्यूनीकरण तथा घरपालुवा र सामुदायिक कुकुरलाई सुरक्षित राख्ने उद्देश्यले खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। नगरपालिकाले कुकुर पालक तथा सम्बन्धित सबैलाई आफ्ना कुकुरलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ। रेबिज एक घातक रोग भएकाले समयमै खोप लगाउनु नै यसको रोकथामको प्रभावकारी उपाय मानिन्छ। नगरपालिकाको पशु सेवा शाखाले सञ्चालन गर्ने उक्त निःशुल्क… पुरा पढौ

अमर ज्योति गाउँफर्क माविमा लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा निर्माण गरिएको खानेपानी आयोजना हस्तान्तरण

कास्की, असोज ८ लायन्स क्लब अफ पोखरा समृद्धिले कास्कीको पोखरा महानगरपालिका–२६, जल्धारेस्थित श्री अमर ज्योति गाउँफर्क माध्यमिक विद्यालयमा निर्माण गरेको खानेपानी आयोजना विद्यालयलाई हस्तान्तरण गरेको छ। ‘हामी सेवा गर्छौं’ भन्ने मूल नारासहित सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लबले सञ्चालन गरेको ड्रिंकिङ वाटर प्रोजेक्ट–२०२६ अन्तर्गत निर्माण गरिएको खानेपानी आयोजना बिहीबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो। आयोजना हस्तान्तरण कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको… पुरा पढौ

बर्थिङ सेन्टरका कर्मचारीलाई मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी क्षमता अभिवृद्धि

बागलुङ, असोज ८ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। असोज ७ र ८ गते सञ्चालन गरिएको कार्यक्रममा बागलुङ जिल्लाका छ स्थानीय तहमा कार्यरत नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्यको वर्तमान अवस्था तथा चुनौती, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), Indirect Maternal Health Screening, Birth Preparedness and Readiness Placard, ANC–PNC Continuum of Care, प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (PPH), Non-Pneumatic Anti-Shock Garment (NASG), Labour Care Guide, PRTP तथा PAFP/PPFP… पुरा पढौ

कलंकीमा निःशुल्क आँखा परीक्षण शिविर सुरु

काठमाडौं ।असाेज ४ लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको आयोजनामा निःशुल्क आँखा परीक्षण तथा परामर्श कार्यक्रम सुरु गरिएको छ। राजधानीको व्यस्त क्षेत्र कलंकीस्थित हनुमान मार्केटमा आइतबारदेखि सुरु भएको आँखा परिक्षण कार्यक्रम एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। परिक्षण कार्यक्रममा सहभागी सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, आवश्यक परामर्श तथा आँखासम्बन्धी समस्याबारे विशेषज्ञ सुझाव प्रदान गरिनेछ। क्लबकी सचिव पुष्पाञ्जली वाग्लेका अनुसार समुदायमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्याको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।… पुरा पढौ

रक्तदान कार्यक्रममार्फत रगत अभाव न्यूनीकरणमा लायन्स क्लबहरूको पहल

काठमाडौं, असोज ३ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा शनिबार काठमाडौंमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएकाे छ। बढ्दो रगत अभावलाई न्यूनीकरण गर्दै बिरामीको जीवन रक्षा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे हो। "Donate Blood, Save a Life, Be Someone's Reason to Live" भन्ने मूल नारासहित आयोजना भएको कार्यक्रममा दर्जनौं स्वयंसेवी रक्तदाताको सहभागिता रहेकाे थियोे । रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडौं मनमैजु, काठमाडौं रोजमेरी, काठमाडौं हिमालय भिजन, काठमाडौं सिनर्जी, काठमाडौं मनमैजु युथ, काठमाडौं… पुरा पढौ

धौलागिरी प्रादेशिक अस्पताललाई लायन्स क्लबद्वारा ह्विलचेयर सहयोग

बागलुङ, असोज २ – लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ बागलुङ पिस टाउन ले आफ्नो ‘चार्टर डे स्पेसल सर्भिस कार्यक्रम’ अन्तर्गत धौलागिरी प्रादेशिक अस्पताललाई ह्विलचेयर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले क्लबले अस्पताललाई ह्विलचेयर सहयोग गरेको हो। हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा, मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, अस्पतालका अन्य पदाधिकारी तथा लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै क्लबका… पुरा पढौ