बागलुङ माघ २७ एचआईभी तथा एड्ससँग सम्बन्धित लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले बागलुङमा जनप्रतिनिधि, नेपाल प्रहरी, पत्रकार, एचआईभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूहलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको कार्यक्रममा एचआईभी संक्रमित व्यक्तिप्रति समाजमा देखिने नकारात्मक दृष्टिकोणका कारण उनीहरू सामाजिक, आर्थिक तथा मानसिक रूपमा प्रभावित हुँदै आएको उल्लेख गर्दै त्यसको न्यूनिकरणका लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जनस्वास्थ्य अधिकृत संगिता घिमिरे, क्षयकुष्ठ सुपरभाइजर देवप्रकास घिमिरे तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले सहजीकरण…
पुरा पढौ