अर्थतन्त्र

सुरुङमार्गमा गति, बलम्बु–गुर्जुधारामा जामको सास्ती : समाधान खोइ?

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेशका लागि यातायातको नयाँ विकल्प थपिएको छ। तर, यसको सञ्चालनसँगै त्रिभुवन राजपथअन्तर्गत बलम्बु–गुर्जुधारा सडकखण्डमा बढ्दो सवारी चाप र ट्राफिक जामले नयाँ चुनौतीसमेत सिर्जना गरेको छ। सुरुङमार्गबाट बलम्बुमा निस्कने सवारीसाधन, विभिन्न जिल्ला तथा गन्तव्यतर्फ जाने सार्वजनिक यातायात र स्थानीय सवारीसाधनको चापका कारण यस सडकखण्डमा आवागमन असहज बन्दै गएको छ। दैनिक कार्यालय जाने कर्मचारी, विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था सामान्य समस्या होइन। यसको अर्को गम्भीर पक्ष… पुरा पढौ

जन्मदिनको अवसरमा रिजन चेयरपर्सन वस्तीको मानवसेवा आश्रममा भोजन सेवा

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी रिजन चेयरपर्सन लायन रोजिता वस्तीले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम रानीवन, काठमाडौंमा भोजन सेवा गराएकी छन्। जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी सामाजिक तथा मानवीय सेवामा समर्पित हुने उद्देश्यले सोमबार आश्रममा भोजन सेवा कार्यक्रम आयोजना गरिएको हो। लायन्स क्लब अफ काठमाडौं न्यू श्री मच्छापोखरीको आयोजनामा सम्पन्न कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराइएको थियो। लायन्सको ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाअनुरूप जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने प्रयासले मानवीय संवेदना, सेवाभाव र… पुरा पढौ

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार

बागलुङ, कात्तिक ९ । बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काले पहाडी क्षेत्रबाट भइरहेको बसाइँसराइ न्यूनीकरण गरी नागरिकलाई गाउँमै फर्कने वातावरण बनाउन मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार बनाउने बताएका छन्। सोमबार जैमिनी नगरपालिका–५, बिनामारेस्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा स्थानीयवासीसँगको अन्तरक्रियामा बोल्दै सांसद खड्काले स्थानीय विकासका मागलाई संघीय सरकारको प्राथमिकतामा पार्न पहल गर्ने प्रतिबद्धता जनाए। उनले मध्यपहाडी लोकमार्ग र सहायक सडक आसपास आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधार विकासमार्फत गाउँमै बस्ने वातावरण… पुरा पढौ

सुन्तलाचौरमा वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला जारी

बागलुङ । जैमिनी नगरपालिका–२, दमेकस्थित सुन्तलाचौरमा दोस्रो वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला–२०८३ जारी छ। कार्तिक ६ गतेदेखि सुरु भएको मेला ९ गतेसम्म सञ्चालन हुनेछ। सुन्तलाचौर खेलकुद मञ्चको आयोजनामा भइरहेको मेलाको मुख्य आकर्षण वडास्तरीय भलिबल प्रतियोगिता र दमेक डान्स आइडल रहेका छन्। भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले १५ हजार र चौथो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, दमेक डान्स आइडलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार… पुरा पढौ

चुनाव जित्ने उम्मेदवार कि विकास गर्न सक्ने नेतृत्व?

स्थानीय निर्वाचनको बहस : दलको छनोट, जनताको विवेक र शासनको परिणाम स्थानीय निर्वाचनमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका अनेकौँ प्रतिबद्धता सुनिन्छन्। उम्मेदवार घरदैलोमा पुग्छन्, दलहरू घोषणापत्र सार्वजनिक गर्छन् र मतदाताले आफ्ना अपेक्षा राख्छन्। तर यी सबै बहसको केन्द्रमा हुनुपर्ने एउटा आधारभूत प्रश्न प्रायः ओझेलमा पर्छ—स्थानीय सरकारलाई प्राप्त अधिकार, स्रोतसाधन र जिम्मेवारीलाई नागरिकको जीवनमा देखिने परिणाममा कसरी बदल्ने? नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई नागरिकको नजिकको सरकारका रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी दिएका छन्।… पुरा पढौ

जैमिनीमा मङ्सिरमा युवा सम्मेलन हुने

बागलुङ । जैमिनी नगरपालिकाका युवाहरूले आगामी मङ्सिरमा जैमिनी युवा सम्मेलन आयोजना गर्ने निर्णय गरेका छन्। जैमिनीका केही युवाहरूबीच भएको भेटघाट तथा छलफलबाट सम्मेलन आयोजना गर्ने निर्णय गरिएको हो। जैमिनी क्षेत्रका सबै युवालाई समेटेर आपसी एकता, सहकार्य र भाइचाराको भावना विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको बताइएको छ। सम्मेलनमार्फत युवाहरूको क्षमता, सिर्जनशीलता र नेतृत्व विकास गर्नुका साथै स्थानीय विकास तथा सामाजिक कार्यमा उनीहरूको सक्रिय सहभागिता बढाउने लक्ष्य राखिएको छ। साथै, जैमिनीको समग्र विकासमा युवाहरूको भूमिका प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिने… पुरा पढौ

स्थानीय र गाउँपालिकाको १८ लाख सहयोगमा देउराली मन्दिर पुनर्निर्माण

पर्वत, कात्तिक ३ । पर्वतको जलजला गाउँपालिका–७, बास्बोटमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको देउराली मन्दिर पुनर्निर्माण गरिएको छ। स्थानीयवासी, प्रवासमा रहेका बास्बोटवासी र जलजला गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो। मन्दिर पुनर्निर्माणका लागि स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासीबाट ९ लाख रुपैयाँ र जलजला गाउँपालिकाबाट ९ लाख रुपैयाँ गरी कुल १८ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। लस्ती–बास्बोट–घाखेत सडक निर्माणका क्रममा जोखिममा परेको ऐतिहासिक मन्दिरको संरक्षण गर्ने उद्देश्यले पुनर्निर्माण अभियान सञ्चालन गरिएको हो। सडकका कारण मन्दिर जोखिममा… पुरा पढौ

जापानमा बलेवा सेवा समाजको सांस्कृतिक जमघट, सीता परियारको प्रस्तुतिले जित्यो मन

टोकियो। बलेवा सेवा समाज जापानको आयोजनामा बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। जापानको टोकियोस्थित कामातामा रहेको चिनो भान्छा घरमा आयोजित कार्यक्रममा बागलुङको गल्कोटमा जन्मिएकी तथा बलेवाकी बुहारी चर्चित लोकदोहोरी गायिका सीता परियारलाई सम्मान गरिएको थियो। परियारको सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै माहोललाई थप उत्साहित बनाएको थियो। कार्यक्रममा सोनाली परियार र दिया पाठककी नानीले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, समाजका अध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) र… पुरा पढौ

बागलुङ कारागारमा दशैँको खुसी बाँड्दै उद्योग वाणिज्य संघ, कैदीबन्दीलाई खसी उपहार

बागलुङ, कात्तिक १। बागलुङ उद्योग वाणिज्य संघले विजयादशमीको अवसरमा जिल्ला कारागार बागलुङमा रहेका कैदीबन्दीलाई खसी र चिउरा उपहार दिएको छ। संघले आइतबार कारागारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कैदीबन्दीका लागि एक थान खसी र चिउरा हस्तान्तरण गरेको हो। कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले चाडपर्वले सबैमा खुसी, सद्भाव र भाइचाराको भावना बढाउने बताउनुभयो। परिवारबाट टाढा रहेका कैदीबन्दीलाई पनि चाडपर्वको अनुभूति गराउन संघले गरेको सहयोग प्रशंसनीय रहेको उहाँको भनाइ थियो। संघका अध्यक्ष राजनकुमार शाक्यले कारागारमा रहेका कैदीबन्दीलाई दशैँका अवसरमा खुसी… पुरा पढौ

जन्मदिनको फजुल खर्च कटाएर मानवसेवा आश्रममा भोजन सेवा

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोजकुमार श्रेष्ठ र पूर्वअध्यक्ष तालबहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर मानवसेवा आश्रम बागलुङमा भोजन सेवा गरेका छन्। दुवै लायन्स लिडरले आइतबार (कात्तिक १गते) बागलुङ नगरपालिका–१ निरयघाटस्थित मानवसेवा आश्रममा पुगेर ४५ जना आश्रितहरूलाई एक छाक भोजन गराएका हुन्। जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले भोजन सेवा गरिएको हो। व्यक्तिगत खुसीलाई असहाय, बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवासँग जोड्दै उनीहरूले मानवता र सेवाभावको सन्देश दिएका छन्।लायन्स क्लब अफ धौलागिरि बागलुङले… पुरा पढौ