पर्यटन

खेम सेञ्चुरीको संगीतमा सरिता सुनारको “मलाई लाहुरेले लैन केरे” टिकटकमा चर्चाको शिखरमा

गीत–संगीतको क्षेत्रमा आफूलाई स्थापित गर्न लागिपरेकी प्रतिभाशाली गायिका सरिता सुनारको आवाजमा रहेको तीज लक्षित गीत "मलाई लाहुरेले लैन केरे" हाल टिकटकमा अत्यधिक रुचाइएको छ। दिउँसो रात नभनी दोहोरी क्षेत्रमा सक्रिय सरिता टिकटकमार्फत पनि उत्तिकै लोकप्रिय बन्न सफल भएकी छन्। उनका अधिकांश गीतहरू टिकटक प्रयोगकर्तामाझ चर्चा कमाउन सफल भएका छन्। सरल स्वभावकी गायिका सरिताको आवाजलाई लिएर चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरीले खुलेर प्रशंसा गर्दै यसपटक उनलाई साथ दिएका छन्। गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र सरिता सुनारको एकल… पुरा पढौ

“पैसा फल्ने बुटो” मा बाल कलाकार आरुषि कार्कीको दमदार नृत्य

काठमाडौं — दैनिक जीवनयापनसमेत कठिन बन्दै गएका कारण धेरै नेपाली युवाहरू विदेशिन बाध्य भएका छन्। नेपालमै केही गर्न सकिँदैन भन्ने सोच बढ्दै गएको छ। जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरूको पूर्ति गर्न नसक्नुको मुख्य कारण हो—पैसाको अभाव। यही अभावले व्यक्ति र परिवारलाई तहसनहस बनाइरहेको छ। पैसाकै कारण देशका धेरै युवा विदेशिएका छन् भने कतिपय ऋणको भारमा परेर डिप्रेसनको सिकार बनेका छन्। बढ्दो महँगी र अवसरको अभावका बीच गीतमार्फत यिनै यथार्थ उजागर गर्न खोजेका छन् गायक नरेश खातीले। ‘पैसा फल्ने बुटो’ बोलको… पुरा पढौ

गायक शिवजी परियारको तीजगीत ‘सिरिरी बतासै चल्यो मायालु’ सार्वजनिक

तीजको चहलपहल बढ्दै जाँदा नयाँ-नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसै क्रममा बागलुङ, बलेवाका गायक शिवजी परियारको स्वर, शब्द र संगीतमा तयार गरिएको तीजगीत ‘सिरिरी बतासै चल्यो मायालु’ सार्वजनिक भएको छ। हिन्दू नारीहरूले पतिको दीर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने तीज पर्वमा चेलीबेटी माइत फर्कने, दर खाने, गीत गाउने र नाचगान गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। नेपाली नारीहरूको भावना, पीडा र संवेदनाहरूलाई गीतमार्फत् अभिव्यक्त गर्ने यो पर्व सामाजिक सन्देश दिनेसमेत महत्वपूर्ण अवसर मानिन्छ। गायक परियारले पछिल्लो… पुरा पढौ

श्रीविश्वविश्रामेश्वर भगवान् शिवको प्राणप्रतिष्ठा सम्पन्न

काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ मा निर्माण गरिएको श्रीविश्वविश्रामेश्वर भगवान् शिवको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ। भुजिन्डोलबाट कलशयात्रा निकालेर विश्वकै एकमात्र तीर्थस्थल मातातीर्थको पवित्र जल ल्याई भगवान् शिवको मूर्तिमा अभिषेक गरी प्राणप्रतिष्ठाको विधिवत् शुभारम्भ गरिएको हो। श्यामलाल श्रेष्ठले व्यक्तिगत झण्डै ४९ लाख लगानीमा एउटै ढुंगाबाट निर्माण गरिएको शिवमूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरी ११ दिनसम्म शिवपुराण कथा वाचन गरिएकाे थियो । चन्द्रागिरि नगरपालिकामा यस किसिमको शिवमूर्ति पहिलो पटक स्थापना भएको हो। चन्द्रागिरि आफैँमा ऐतिहासिक तथा धार्मिक क्षेत्र हो, जहाँ मातातीर्थ, चन्दनभर्राटेश्वर महादेव, मच्छेनारायण, इन्द्रदहलगायत प्रसिद्ध… पुरा पढौ

नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को पाचौं संस्करण काठमाडौंमा

काठमाडौं, साउन १९ नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको पाँचौ संस्करण साउन  १९ गते काठमाडौं देशको संघीय राजधानीकाे प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्र हुने भएको छ । राष्ट्रिय काेदाे दिवसकाे अवसर पारेर नयाँ संस्करण गर्न लागेको नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ । भाेजन लिपिकाे पाचौं संस्करणमा काेदाे बाट बनेको  विभिन्न १० परिकारका स्वाद प्रवर्द्धन गरिएकाे अभियान कर्ताहरूकाे भनाइ छ । नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिंहदरबार भित्र रहेको खाना खाजा खुवाउने… पुरा पढौ

नेपाली परिकार र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को पाँचौं संस्करण काठमाडौंमा सम्पन्न

काठमाडौं, साउन १९ नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘भोजनलिपि स्वाद’ कार्यक्रमको पाँचौं संस्करण साउन १९ गते राजधानी काठमाडौंको सिंहदरबारभित्र सम्पन्न भएको छ। राष्ट्रिय कोदो दिवसको अवसरमा विशेषरूपमा आयोजना गरिएको यस संस्करणमा कोदोलाई मुख्य खाद्यवस्तुका रूपमा प्रस्तुत गरिएको थियो। कोदोबाट तयार पारिएका १० प्रकारका परिकारहरू कार्यक्रममार्फत प्रवर्द्धन गरिएको आयोजकहरूको भनाइ छ। नेपाली खाना प्रवर्द्धन अभियान र सिंहदरबारभित्र रहेको सरकारी क्यान्टिनको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली पाककला र स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको आयोजकहरूले जनाएका… पुरा पढौ

जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मार्फत मिरुनाको डबल ह्याट्रिक?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा अभिनेत्री मिरुना मगरलाई भाग्यमानी नायिका मान्न सकिन्छ । किनभने उनको अभिनय रहेका चलचित्रहरू प्रायः सफल भएका छन् । सुरुआती चरणका केही फिल्महरू अपेक्षा अनुसार नचले पनि, उनले एकपटक आफ्नो छवि स्थापित गरेपछि ‘हिट’ फिल्महरूको शृंखला नै बनाएकी छन् । ‘कबड्डी ४: द फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका लगातार तीन हिट फिल्म हुन् । यी फिल्महरूको सफलतासँगै उनले पहिलोपटक ह्याट्रिक बनाएकी थिइन् । यद्यपि ‘रङ्गेली’ र ‘मनसरा’जस्ता केही फिल्महरू तुलनात्मक रूपमा कमजोर रहँदा पनि ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले फेरि… पुरा पढौ

जानुका तामाङ र खेम सेञ्चुरीको “तेसै साईलो होइसिने” सार्वजनिक, मौलिक ठट्यौली गीतले पायो चर्चा

काठमाडौं साउन १८ समाज परिवर्तन, महिला आवाज, पञ्चेबाजा तथा धर्म–संस्कृतिको संरक्षणजस्ता विषयमा आधारित गीतहरू संगीतको मूलधारमा छुट्टै पहिचान बनाउन थालेका छन्। लोक, पप, आधुनिक र चलचित्रका गीतहरूले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेका बेला मौलिकता झल्किने ठट्यौली गीत भने कमै मात्र सार्वजनिक भइरहेका छन्। यस्तैमा, चर्चित गायिका जानुका तामाङ र गायक खेम सेञ्चुरीको स्वरमा रहेको नयाँ ठट्यौली गीत "तेसै साईलो होइसिने" युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा शब्द, संगीत र स्वर गायिका तामाङकै छ भने खेम सेञ्चुरीले समेत स्वरमा साथ दिएका छन्। गीतको… पुरा पढौ

मालिका भगवती मन्दिर परिसर बागलुङमा वृक्षरोपण

बागलुङ, साउन १८ प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको मालिका भगवती मन्दिर परिसरमा लायन्स क्लब अफ धौलागिरी बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल साउन १७ गते (अगस्ट २, २०२५) श्री मालिका भगवती मन्दिर प्राङ्गण, बागलुङ नगरपालिका–५, मालिका, बागलुङमा गरिएको लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष राजेश भारीले बताए । “आइडियल लिडरशिप” अभियानअन्तर्गत लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल, एलवाई २०२५–२०२६ अन्तर्गत कार्यक्रम आयोजना गरिएकाे क्लबले जनाएको छ । कार्यक्रमले… पुरा पढौ

समाजसेवी रिता परियार एनआरएन नर्वेको सहकोषाध्यक्षमा निर्वाचित

काठमाडौं ।साउन १७ विदेशको भूमिमा रहेर पनि जन्मभूमिप्रति समर्पण र सेवाको भावना राख्दै सामाजिक कार्यमा क्रियाशील रहनुभएकी समाजसेवी रिता परियार एनआरएन (NRNA) नर्वेको नवौं अधिवेशनबाट सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। हालै सम्पन्न अधिवेशनमार्फत एनआरएन नर्वेले नयाँ नेतृत्व चयन गरेको हो, जसमा परियारले उल्लेखनीय मतान्तरका साथ सहकोषाध्यक्ष पदमा जित हासिल गर्नुभएको हो। उहाँको निर्वाचनलाई नेपाली समुदायबीच व्यापक स्वागत गरिएको छ। रिता परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा नर्वेमा बस्दै आउनुभएको छ। विदेशमा बसेर पनि उहाँले सामाजिक सेवालाई निरन्तर प्राथमिकतामा राख्दै आउनुभएको छ। आर्थिक… पुरा पढौ