
नेपाली लोकदोहोरी क्षेत्रको प्रतिष्ठित प्रतियोगिता ९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता, २०८३ को उपाधि उपत्यका समन्वय समितिले जित्न सफल भएको छ।
समितिका प्रतिभाशाली प्रतिस्पर्धी निशान्त बिक र सङ्गिना थापाले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका हुन्।प्रतियोगिताभर उनीहरूले सशक्त गायन, प्रभावकारी शब्द चयन, तर्कपूर्ण दोहोरी प्रस्तुति तथा दर्शकको मन जित्ने कलाका कारण निर्णायक मण्डलको उच्च मूल्याङ्कन प्राप्त गर्दै उपाधि हात पारेका हुन्।
यस ऐतिहासिक सफलतासँगै निशान्त बिक र सङ्गिना थापा नेपाली लोकदोहोरी क्षेत्रमा आशालाग्दा प्रतिभाका रूपमा थप स्थापित भएका छन्। उनीहरूको जितले उपत्यका समन्वय समितिलाई मात्र नभई सम्पूर्ण लोकदोहोरी क्षेत्रलाई गौरवान्वित बनाएको छ।
लोकदोहोरी प्रेमी, कलाकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत विजेता टोलीलाई हार्दिक बधाई दिँदै सफल सांगीतिक यात्राको शुभकामना व्यक्त गरिरहेका छन्।










