
बागलुङ जेठ ३१
नेपाली लोकदोहोरी संगीतप्रेमीहरूका लागि नयाँ तथा आकर्षक कोसेली स्वरूप ‘झोर्ले हजुर’ गीत सार्वजनिक भएको छ।
चर्चित गायिका बिष्णु माझी र गायक बाबु कृष्ण परियारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।प्रेम, आत्मीयता र नेपाली मौलिक संस्कृतिको भावलाई समेटिएको यस गीतमा उत्कृष्ट शब्द, कर्णप्रिय लय तथा आकर्षक भिडियो प्रस्तुत गरिएको छ।
संगीत संयोजन र प्रस्तुतीकरणले लोकदोहोरीप्रेमीहरूको मन जित्न सफल भएको देखिन्छ।सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा गीतले उल्लेखनीय चर्चा बटुलेको छ।
दर्शक–श्रोताले गीतलाई माया, साथ र प्रतिक्रिया दिँदै कलाकारहरूको उत्साह अझ बढाइदिन आग्रह गरिएको छ।लोकसंगीतको मौलिक स्वाद बोकेको ‘झोर्ले हजुर’ आगामी दिनमा नेपाली लोकदोहोरी क्षेत्रमा लोकप्रिय र स्मरणीय सिर्जनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।









