पर्यटन

मौलिक ठेट गायिका पवित्रा रसाइली सम्मानित

झण्डै १३ लाख दर्शक–श्रोतालाई प्रत्यक्ष रूपमा जोडिएको ‘सारंगी संसार रोधीघर’ले यस वर्षदेखि केही नयाँ कार्यक्रमको थालनी गरेको छ। प्रत्येक वर्ष गीत–संगीतमा निरन्तर योगदान पुर्‍याउँदै आएका दिग्गज गायिकाहरुलाई सम्मान गर्ने उद्देश्य रहेको ‘सारंगी संसार रोधीघर’का सञ्चालक कमल कुमार विकले जानकारी दिनुभयो। रोधीघरले यस वर्ष तीज विशेष कार्यक्रम आयोजना गरी महिला दिदीबहिनीलाई तीजको विशेष दर खुवाउने कार्यक्रमसँगै, पहिलोपटक ठेट गीत गायिका आमा पवित्रा रसाइलीलाई सम्मान गरेको हो। उमेरले वृद्धावस्था पार गर्नुभएकी पवित्रा रसाइली आमाले आफ्नो कोकिलकण्ठसँगै विगतमा गाइने मौलिक तीजका भाकाहरू निरन्तर… पुरा पढौ

नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहल गर्ने प्रतिवद्धता : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज–भारतको नयाँदिल्ली बीच सिधा हवाई उडान सञ्चालनका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ। नेपालगञ्ज–दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आइतबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायत सरोकारवालाहरुसँगको भेटमा मन्त्री डा. राणाले उक्त प्रतिबद्धता व्यक्त गर्नुभयो। “यो उडानका लागि मैले पहिलेदेखि नै पहल गर्दै आएको छु। नेपालगञ्ज–दिल्ली उडानलाई हामी प्राथमिकतामा राखेका छौँ। यसले नेपाल–भारत दुवै देशलाई पारस्परिक… पुरा पढौ

श्रीधराचार्य जन्मोत्सव २०८२, बागलुङमा ३ जना पत्रकार सम्मानित हुने

बागलुङ । वैकुण्ठवासी श्रीश्रीधराचार्य त्रिदण्डी रामानुज जियर स्वामीजी महाराजको ८६औं जन्मक्षेत्र अवसरमा बागलुङको कुडुलेस्थित श्रीरङ्गवैकुण्ठ मुक्तिनारायण मन्दिरमा श्रावण २५ देखि २७ गतेसम्म त्रिदिवसीय जन्मोत्सव हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार जन्मोत्सवमा अखण्ड श्रीहरि नाम संकीर्तन, १००८ आवृत्ति श्रीविष्णुसहस्रनाम पाठ, आचार्य आराधना र प्रवचनलगायत धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। यस अवसरमा शालग्राम क्षेत्र संरक्षण र सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको योगदानका लागि पत्रकारहरू राजेशचन्द्र राजभण्डारी, कोपिला कडेल र सुवास आचार्यलाई विशेष सम्मान प्रदान गरिने कार्यक्रम तय गरेको छ । कार्यक्रमको आयोजना श्रीङ्गवेङ्कटेश… पुरा पढौ

जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक

भदौ ६ गतेदेखि प्रदर्शनमा, विजय बरालको मुख्य भूमिका काठमाडौं । जनै पूर्णिमाको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गरेको संघर्षको कथा देखाइएको छ। बुबाले लिएको ऋण तिर्न कोरिया जाने उद्देश्यले घरबाट निस्किएका विजय बराल काठमाडौंमै अड्किन बाध्य हुन्छन्। बुबालाई पक्की घरमा बसाल्ने सपना पूरा गर्ने क्रममा आफू अरूको बन्दकमा परेको कथावस्तु ट्रेलरको मुख्य आकर्षण बनेको छ। कोरिया जान… पुरा पढौ

काठमाडौं चन्द्रागिरि नगरपालिका १५ मा सुविधासम्पन्न सार्वजनिक शाैचालय निर्माण

काठमाडौं – राजधानी प्रवेश गर्ने मुख्य द्वारको रूपमा परिचित चन्द्रागिरि नगरपालिका क्षेत्रमा लामो समयदेखि सर्वसाधारणका लागि सार्वजनिक शौचालयको अभाव रहेको अवस्थामा अब आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय बन्ने भएको छ। चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गाअड्डामा निर्माण भइरहेको अत्याधुनिक सार्वजनिक शौचालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सो शौचालयमा स्नानकक्ष, स्तनपान कक्ष, महिलाका लागि विशेष चेन्जिङ रुम, अपांगमैत्री पहुँचसहित अत्याधुनिक सरसफाइ सुविधा उपलब्ध गराइनेछ। नगर प्रमुख घनश्याम गिरीले, “राजधानी प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै सर्वसाधारणका लागि आवश्यक आधारभूत सुविधा दिन हामी कटिबद्ध छौँ। यो… पुरा पढौ

कालिका मन्दिरदेखि सालग्राम सङ्ग्रहालयसम्म दौड प्रतियोगिता

बागलुङ, साउन २३ विश्व युवा दिवसको अवसरमा बागलुङमा दौड प्रतियोगिता हुने भएको छ। लायन्स क्लब अफ बागलुङ कालिगण्डकी र लियो क्लब अफ बागलुङ कालिगण्डकीले साउन २७ गते दौड प्रतियोगिता आयोजना गर्न लागेका हुन्। बागलुङ कालिका भगवती मन्दिरदेखि कुडुलेस्थित सालग्राम संग्रहालयसम्म १० किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लखन थापाले बताउनुभयो । कार्यक्रम संयोजक विनोद कार्कीका अनुसार, स्वास्थ्यप्रति सचेतना बढाउँदै युवालाई प्रेरित गर्ने तथा बागलुङको पर्यटन र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। शुक्रबार बसेको तयारी बैठकमा… पुरा पढौ

रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर कुडुले फेदीमा अखण्ड हरिनाम संकिर्तन हुने

बागलुङ, २३ साउन – श्री रङ्गवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र, कुडुले फेदीमा तीन दिने अखण्ड हरिनाम संकीर्तन हुने भएको छ। स्वामी श्री श्रीधराचार्यको ८६औँ जन्म नक्षत्रको अवसर पारेर हरिनाम संकीर्तनसहित विविध धार्मिक कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । यही साउन २५ गतेदेखि २७ गतेसम्म कार्यक्रम सञ्चालन हुने भएको छ । रङ्गवैकटेश मुक्तिनारायण मन्दिरका परिकल्पनाकार त्रिदण्डी रामानुज वैकुण्ठबासी स्वामी श्रीधराचार्यको जन्म नक्षत्रका अवसरमा अखण्ड कीर्तनसहित प्रवचन, आचार्य आराधना, श्रीविष्णु सहस्रनाम पाठलगायतका कार्यक्रम राखिएको श्रीधराचार्य शालग्राम संग्रहालयका… पुरा पढौ

तुलसी रिजाल अधिकारीको तीजगीत ‘आफ्नै कथा’ सार्वजनिक

तीजगीत भन्नासाथ कतिपय गीतहरूले आफ्ना दुख–पीडालाई बिर्सेर रमाइलोपनको अनुभूति दिलाउँछन् भने कतिपयले आफ्नै व्यथा र अनुभवलाई गीतमार्फत व्यक्त गर्छन्। यसै क्रममा, गायिका तुलसी रिजाल अधिकारीले आफ्नो जीवनको पीडादायी अनुभवलाई समेटेर ‘आफ्नै कथा’ बोलको तीजगीत सार्वजनिक गरेकी छिन्। जन्म दिने बाबा–आमाको अकल्पनीय निधन, त्यसपछि एकपछि अर्को दुःखद घटना बारम्बार दोहोरिनु — यी सबै ब्रजपातहरूले उनको परिवारलाई बिछिप्त बनाएको थियो।यस वर्ष उनले आफ्ना स्व. पिता खेम नारायण रिजाल, स्व. आमा तोपकान्ति रिजाल र स्व. दाजु तेज प्रसाद रिजालको सम्झनामा यो गीत ल्याएको… पुरा पढौ

खेम सेञ्चुरीको संगीतमा सरिता सुनारको “मलाई लाहुरेले लैन केरे” टिकटकमा चर्चाको शिखरमा

गीत–संगीतको क्षेत्रमा आफूलाई स्थापित गर्न लागिपरेकी प्रतिभाशाली गायिका सरिता सुनारको आवाजमा रहेको तीज लक्षित गीत "मलाई लाहुरेले लैन केरे" हाल टिकटकमा अत्यधिक रुचाइएको छ। दिउँसो रात नभनी दोहोरी क्षेत्रमा सक्रिय सरिता टिकटकमार्फत पनि उत्तिकै लोकप्रिय बन्न सफल भएकी छन्। उनका अधिकांश गीतहरू टिकटक प्रयोगकर्तामाझ चर्चा कमाउन सफल भएका छन्। सरल स्वभावकी गायिका सरिताको आवाजलाई लिएर चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरीले खुलेर प्रशंसा गर्दै यसपटक उनलाई साथ दिएका छन्। गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र सरिता सुनारको एकल… पुरा पढौ

“पैसा फल्ने बुटो” मा बाल कलाकार आरुषि कार्कीको दमदार नृत्य

काठमाडौं — दैनिक जीवनयापनसमेत कठिन बन्दै गएका कारण धेरै नेपाली युवाहरू विदेशिन बाध्य भएका छन्। नेपालमै केही गर्न सकिँदैन भन्ने सोच बढ्दै गएको छ। जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरूको पूर्ति गर्न नसक्नुको मुख्य कारण हो—पैसाको अभाव। यही अभावले व्यक्ति र परिवारलाई तहसनहस बनाइरहेको छ। पैसाकै कारण देशका धेरै युवा विदेशिएका छन् भने कतिपय ऋणको भारमा परेर डिप्रेसनको सिकार बनेका छन्। बढ्दो महँगी र अवसरको अभावका बीच गीतमार्फत यिनै यथार्थ उजागर गर्न खोजेका छन् गायक नरेश खातीले। ‘पैसा फल्ने बुटो’ बोलको… पुरा पढौ