पर्यटन

जन्मभूमि छाडेर जापानलाई कर्मथलो बनाउँदै गायिका ज्योती लोहनी

पोखरा – झन्डै दुई दशकसम्म पोखरामा बसेर लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय रहिएकी लोकप्रिय गायिका ज्योती लोहनी जापान प्रस्थान गरेकी छन्। रोजगारी र अध्ययनको सिलसिलामा दैनिक सयौं नेपाली युवा विदेशिन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाएर आफन्तहरूसँग विदा लिँदै विदेश जानेहरूको भिड सामान्य दृश्य बनिसकेको छ। पछिल्लो समय कलाकर्मीहरूको समेत विदेश पलायन बढ्दै गइरहेको छ। त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीकी वर्तमान महिला सचिव समेत रहेकी गायिका लोहनीले जापानलाई आफ्नो कर्मथलो बनाउने निर्णय गरेकी हुन्। यद्यपि,… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भइरहेको छ : वडा अध्यक्ष प्रधानाङ्गा

पोखरा, ७ वैशाख – पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालनमा रहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को अवसरमा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रममा सहभागीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। शनिबार कथा प्रवचनको पहिलो दिन पोखरा–२ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा प्रमुख अतिथिका रूपमा सहभागी भए। उनले महायज्ञ सञ्चालनका लागि स्थान उपयुक्त रहेको बताउँदै पोखराको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई अझ सुदृढ बनाउन यस्ता आयोजनाहरूले सहयोग पुर्‍याउने धारणा राखे। “ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ उपयुक्त स्थानमा सञ्चालन भएको छ। यसलाई सफल… पुरा पढौ

बागलुङकी रिमा थापाको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत सार्वजनिक

हरेक व्यक्तिको चाहना हुन्छ सुखद जीवन व्यतीत गर्ने। तर मानिसको जीवनमा अनेक किसिमका उतारचढाव आउने गर्छन्। जीवनमा साँचो सुख प्राप्त गर्ने मानिस कमै मात्र हुन्छन्। जीवनमा दु:ख भोग्नुका अनेक कारण हुन सक्छन्—व्यवहार, आचरण, र सानोतिनो गल्ती पनि दु:खको कारण बन्न सक्छ। यस्तै जीवनका सुख-दु:खका परिवेशलाई समेटिएको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत हालै सार्वजनिक गरिएको छ। जीवनले सोचेजस्तो नहुँदाको पीडा र सोचभन्दा फरक तरिकाले प्राप्त भएको सुखलाई टपक्क टिपेर गायक भिसन थापा मगर ले यस गीतमा शब्द दिएका छन् भने मिलन… पुरा पढौ

नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिद्वारा बनभोज कार्यक्रम, ज्येष्ठ नागरिक र बिरामीलाई सम्मानसहित सहयोग

काठमाडौं –नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। संघले चन्द्रागिरी–६, मातातिर्थमा यही शनिबार आयोजना गर्न लागेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा आर्थिक सहयोगसमेत समावेश गरिएको छ। कार्यक्रममा बागलुङका स्थानीय कलाकारहरूको लाइभ पञ्चेबाजा र मौलिक सांस्कृतिक प्रस्तुति रहनेछ। साथै, ज्येष्ठ नागरिक, दीर्घरोगी बिरामी र आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गर्दै नगद सहयोग प्रदान गरिने आयोजकले जनाएको छ। नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समिति लामो समयदेखि काठमाडौंमा स्थायी… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा, निर्देशक भन्छन्– यो सिक्वेल होइन

काठमाडौं:निर्देशक दीपेन्द्र के. खनाल निर्देशित नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि सार्वजनिक टिजरले दर्शकमा उत्सुकता जगाएको यो चलचित्रलाई लिएर अहिले चर्चाको विषय बनेको छ। चलचित्रको नामले दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’ को सिक्वेलझैं देखिए पनि निर्देशक खनालले यसलाई सिक्वेल नभएको स्पष्ट पारेका छन्। “यो के घर के डेरा को सिक्वेल होइन,” खनाल भन्छन्, “घर र डेराको विषय उठाइएको भए पनि यो… पुरा पढौ

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुर क्रिकेट स्टेडियमको अनुगमन

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको छड्के अनुगमन गर्नुभएको छ। बिहीबार मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले निर्माण कार्यको प्रगतिबारे जानकारी गराएका थिए। उपप्रधानमन्त्री सिंहले वैशाख २४ गतेभित्र काम सक्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। उनले तीन सिफ्टमा काम भइरहेको र आवश्यक परे जनशक्ति थप गरेर तोकिएको समयमै… पुरा पढौ

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनन सम्पन्न

पोखरा, विरौटा – पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीन महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनन—विधिपूर्वक सम्पन्न भएका छन्। यसअघि, गत फागुन २३ गते महायज्ञको लागि प्रारम्भिक भूमिपूजन सम्पन्न गरिए तापनि विविध कारणले महायज्ञ स्थल परिवर्तन गर्नु परेको थियो। नयाँ स्थलको रुपमा पोखरा–६, लेकसाइडस्थित बाराहीघाट चयन गरिएपछि आज बिहान त्यहाँ विधिपूर्वक क्षमा पूजन सम्पन्न भएको हो। त्यसपछि, श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन गरिने श्री सिद्धेश्वर हरिहर मन्दिरको प्रांगणमा आज बिहान… पुरा पढौ

गायिका रेजिना परियारको ‘दरौँदी खोला’ पञ्चेबाजा गीत सार्वजनिक

नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै गएको छ। लोपोन्मुख यस सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण अभियानमा जुटिरहेका छन्। यसै क्रममा लोकदोहोरी क्षेत्रका कलाकारहरूले पनि पञ्चेबाजा गीतमार्फत सांस्कृतिक जगेर्नामा हातेमालो गरिरहेका छन्। यस्तै एक प्रयास स्वरूप गायिका रेजिना परियार र गायक हरिराम परियारको स्वरमा रहेको ‘दरौँदी खोला’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरिएको छ। वैशाख महिनाको विवाहको सिजनलाई लक्षित गर्दै गीत तयार पारिएको हो। गीतका शब्द हरिराम परियारले लेखेका हुन् भने संगीत रबिन लामिछानेले भरेका छन्। भिडियोमा सुमन… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको ५१ औँ दिनमा, ग्रस कमाइ पाँच करोड नाघ्यो

शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। अहिले पनि दर्शकको उल्लेखनीय उपस्थिति कायम रहेको छ भने, चलचित्रले हालसम्म पाँच करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ देशभरका १३ सिनेमा हलमा ५१ औँ दिन मनाइरहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए। उच्च अकुपेन्सीसहित प्रदर्शन जारीचलचित्रले रिलिजको पहिलो दिनमै एक करोड १० लाख रुपैयाँको ग्रस कमाइ गरेको थियो। श्रेष्ठका अनुसार, “चलचित्रले राम्रो दर्शक प्रतिक्रिया पाइरहेको… पुरा पढौ

राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका हुन् । चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ । यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् । सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका… पुरा पढौ