
कतै मायाका कुरा, कतै गीत-सङ्गीतका मिठा स्वरहरू—गण्डकी प्रदेश, जहाँ सालैजो, सोरठी र यानिमायाकाे उद्गम मानिन्छ, त्यही सांस्कृतिक सुगन्धसँगै युवा जोडीका प्रेमकथाहरू बुन्दै म्याग्दीको बेनीमा, कालिगण्डकीका छेउछाउ हुर्किएका गायक रमेश विक्रम रत्नको ‘फलेवास काटौला’ बोलको लोक–दोहोरी गीत हालै बजारमा सार्वजनिक भएको छ।
दश वर्षे जनयुद्धताका सशस्त्र प्रहरी सेवामा कार्यरत रहेका गायक स्वयम्बु परियारले अहिलेसम्म दुई दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन्। सोही सेवामा १६ वर्ष पूरा गरी अवकाश लिएका परियार हाल ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आए पनि गीत-सङ्गीतलाई निरन्तरता दिइरहेका छन्।
सुमधुर स्वरकी धनी लक्ष्मी परियार र रमेश विक्रम रत्नको युगल आवाज रहेको यस गीतमा शब्द दीपक शाहीले कोरेका हुन्। गीतमा सङ्गीत भने स्वयम्बु परियारकै रहेको छ।
मोडेल माेडल दिपेन थापा र कुसुम कुवरको मुख्य भूमिका रहेको म्युजिक भिडियोको निर्देशन केशव राज भाटले गरेका छन्। भिडियोको छायांकन महेश महराले र सम्पादन राजकुमार मगरले गरेका हुन्।
गीतको भिडियो दिपेन थापा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।












