गायिका शितल शर्माको ‘मन परेको कान्छू’ सार्वजनिक

-


     हिडन खबर    
     मंसिर २१ गते २०८२ मा प्रकाशित


मानिसको स्वभाव फरक–फरक हुन्छ। यही स्वभावका आधारमा उनीहरूको बानी–व्यवहार निर्भर गर्छ। कसैले आफूलाई लागेको कुरा निर्धक्कसाथ व्यक्त गर्न सक्छन् भने कसैले मनको भावनै बाहिर ल्याउन सक्दैनन्।
धेरैले सामान्य कुरा सहजै भन्न सक्छन् तर प्रेमको मामिलामा भने धेरैजसो मानिसहरू आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन्।

‘मन परेको मान्छे त्यत्तिकै छोड्न सकिँदैन,
उहाँभन्दा पर नजर मोड्न सकिँदैन।
सर्वश्रेष्ठ उहीँ लाग्ने, बहुमूल्य पनि,
एउटै भएर पनि उसलाई तोड्न सकिँदैन।’

यस्तै युवायुवतीको प्रेम–कथालाई टपक्क टिपेर गायिका शितल शर्माले ‘मन परेको कान्छू’ बोलको गीत सार्वजनिक गरेकी छिन्।

सर्जक **हरि गिरी ‘विमर्शी’**का शब्द–सङ्गीतमा तयार भएको उक्त गीतमा गायिका शितल शर्मा तथा गायक हरि गिरी ‘विमर्शी’कै आवाज रहेको छ।

धेरै मेहनतका साथ बनाइएको म्युजिक भिडियोमा गायिका शर्माका श्रीमान् सुशील रेग्मीले पहिलो पटक अभिनय (डेब्यू) गरेका छन् भने स्मारिका ढकालले उत्कृष्ट नृत्य प्रस्तुति गरेकी छिन्।

मौसम हिमालीको निर्देशन, नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियो शितल शर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।