पोखरा, विरौटा – पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीन महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनन—विधिपूर्वक सम्पन्न भएका छन्। यसअघि, गत फागुन २३ गते महायज्ञको लागि प्रारम्भिक भूमिपूजन सम्पन्न गरिए तापनि विविध कारणले महायज्ञ स्थल परिवर्तन गर्नु परेको थियो। नयाँ स्थलको रुपमा पोखरा–६, लेकसाइडस्थित बाराहीघाट चयन गरिएपछि आज बिहान त्यहाँ विधिपूर्वक क्षमा पूजन सम्पन्न भएको हो। त्यसपछि, श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन गरिने श्री सिद्धेश्वर हरिहर मन्दिरको प्रांगणमा आज बिहान…
पुरा पढौ