पर्यटन

पोखरामा लायन्सको वृक्षारोपण अभियान, वातावरण संरक्षणमा सक्रिय सहभागिता

पोखरा, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत गण्डकी क्षेत्रको आयोजनामा पोखरास्थित कम्युनिटी सपोर्ट ग्रुप, भलाम परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ भविष्य निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली लगायतका लायन्स लिडरहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको महत्वपूर्ण भूमिका रहेको… पुरा पढौ

बुर्तिवाङमा लायन्स क्लबहरूको संयुक्त पदस्थापना सम्पन्न, सामाजिक सेवामा थप सक्रिय हुने प्रतिबद्धता

बागलुङ, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापना तथा नयाँ नेतृत्वको शपथग्रहण (ज्वाइन्ट इन्डक्सन एण्ड इन्स्टलेसन सेरेमोनी) कार्यक्रम बागलुङको पश्चिम बुर्तिवाङमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्लबका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै शपथग्रहण गराइएको थियो। नयाँ नेतृत्वले आगामी कार्यकालमा लायन्सको आदर्श वाक्य “वी सर्भ (We Serve)” लाई आत्मसात् गर्दै समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनलका पूर्व इन्टरनेशनल… पुरा पढौ

जोन चेयरपर्सन जनक बस्नेतको नेतृत्वमा पहिलो एड्भाइजरी बैठक सम्पन्न

काठमाडौं, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत जोन चेयरपर्सन जनक बस्नेतको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नर्स फर्स्ट एड्भाइजरी कमिटी मिटिङ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एण्ड ब्याङ्क्वेटमा सम्पन्न बैठकमा जोन अन्तर्गत रहेका पाँचवटा क्लबका पदाधिकारी, पूर्व अध्यक्ष (पास्ट प्रेसिडेन्ट), निर्देशक तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा ४३ जनाको उपस्थिति रहेको जनाइएको छ। बैठकका प्रमुख अतिथि डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जिसी, विशेष अतिथिहरू क्याबिनेट ट्रेजरर चूडामणि सिलवाल, डिस्ट्रिक्ट एक्जिक्युटिभ काउन्सिलर ज्ञानु म्याम, प्रो इन… पुरा पढौ

लायन्स क्लबकाे जोन मिटिङ सम्पन्न

काठमाडौं, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत जोन चेयरपर्सन मीना श्रेष्ठको नेतृत्वमा डिस्ट्रिक गभर्नरको प्रथम एड्भाइजरी कमिटी (जोन मिटिङ) सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको चाबहिलमा बिहीबार आयोजित उक्त बैठकमा जोन अन्तर्गतका सबै लायन्स क्लबका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको सफल आयोजना, व्यवस्थापन तथा प्रभावकारी सञ्चालनका लागि जोन चेयरपर्सन मीना श्रेष्ठको नेतृत्वको व्यापक प्रशंसा गरिएको छ। डिस्ट्रिक ३२५ के नेपालका मिसन १.५ प्रमुख महाप्रसाद पाण्डेले श्रेष्ठले देखाएको सक्रियता, समर्पण, उत्कृष्ट समन्वय क्षमता र समय व्यवस्थापनका कारण बैठक… पुरा पढौ

तीजको मर्म बोकेको ‘छोरीकी जुनी’ सार्वजनिक

काठमाडौं ।साउन १३ हरितालिका तीज–२०८३ को अवसर पारेर आमाछोरीको भावनात्मक सम्बन्ध र विदेशिएका नेपाली छोरीहरूको पीडालाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तीज गीत ‘छोरीकी जुनी’ सार्वजनिक गरिएको छ। गीतले आमाको माया, जन्मघरप्रतिको आत्मीयता, परिवारबाट टाढा रहँदाको भावनात्मक संघर्ष तथा तीजका बेला घर फर्किन नपाउने छोरीहरूको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। नेपाली महिलाहरूको महान पर्व तीज केवल नाचगान र दर खाने पर्व मात्र नभई जन्मघरको सम्झना, आमाबुबासँगको भेटघाट तथा सुख–दुःख साटासाट गर्ने अवसरका रूपमा समेत चिनिन्छ। गीतले यही यथार्थलाई कलात्मक… पुरा पढौ

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका १५ क्लब तथा लियो क्लबका पदाधिकारीलाई पदस्थापन

बागलुङ, साउन १३ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागलुङ जिल्लामा क्रियाशील लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापना तथा सदस्यता ग्रहण (Joint Induction & Installation Ceremony) कार्यक्रम सम्पन्न भएको छ। होटल सितल एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्ष २०२६/२७ का लागि निर्वाचित क्लब अध्यक्ष तथा पदाधिकारीहरूलाई डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी र प्रथम उप–डिष्ट्रिक्ट गभर्नर लायन विष्णुहरि फुयालले पद तथा गोपनीयताको शपथ गराउँदै पदस्थापन गराएका थिए। कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, पूर्व डिष्ट्रिक्ट गभर्नर… पुरा पढौ

जोन चेयरपर्सन दीपक महर्जनको नेतृत्वमा प्रथम एड्भाइजरी बैठक सम्पन्न

काठमाडौं, साउन ११ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको जोनस्तरीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी बैठक सम्पन्न भएको छ। जोन चेयरपर्सन दीपक महर्जनको नेतृत्वमा २०२६ जुलाई २६ तारिखमा काठमाडौंको ज्याठास्थित एनडी’एस क्याफे आइसक्रिम एण्ड फास्ट फुड इन्डष्ट्रिज प्रालिमा आयोजित बैठक सफलतापूर्वक सम्पन्न भएको हो। बैठकमा जोन अन्तर्गत रहेका सबै क्लबका अध्यक्ष तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको सफल आयोजना, प्रभावकारी समन्वय तथा समय व्यवस्थापनका कारण जोन चेयरपर्सन महर्जनको नेतृत्वको व्यापक प्रशंसा गरिएको छ।सहभागीहरूले… पुरा पढौ

अमेरिकाबाट कल्पना देवकोटाको सांगीतिक उपहार ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक

काठमाडौं अमेरिकामा रहेर पनि नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय गायिका कल्पना देवकोटा पौडेलको नयाँ लोकदोहोरी गीत ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक भएको छ। चर्चित गायक खेम सेञ्चुरीसँगको युगल स्वरमा रहेको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतमा नेत्र आर्यालको शब्द, कुमार बीकेको संगीत तथा खेम सेञ्चुरीको हुकलाइन रहेको छ। बिन किस्मत रेकर्डिङ स्टुडियोमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरिएको गीतले प्रेम, आकर्षण र मायाका भावलाई सरल र सुमधुर शैलीमा प्रस्तुत गरेको छ। गीतको म्युजिक भिडियोको निर्देशन नेपाली… पुरा पढौ

इनर ह्वील क्लब बागमतीको १८औँ चार्टर डे सम्पन्न, दुई अग्रज व्यक्तित्व सम्मानित

काठमाडौं, साउन १० सामाजिक तथा मानवीय सेवामा सक्रिय इनर ह्वील डिस्ट्रिक्ट ३५० अन्तर्गतको इनर ह्वील क्लब बागमती को १८औँ चार्टर डे समारोह राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा क्लबकी चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल तथा पास्ट प्रेसिडेन्ट रबिना महत लाई विशेष सम्मान प्रदान गरिएको थियो। इनर ह्वील आन्दोलनको विस्तार, संस्थागत विकास तथा नेतृत्वदायी भूमिकामार्फत पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको क्लबले जनाएको छ। चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल इन्टरनेशनल इनर ह्वील बोर्ड अफ डाइरेक्टर्स मा नियुक्त हुनुभएको तथा पास्ट प्रेसिडेन्ट… पुरा पढौ

पहिलो एड्भाइजरी बैठक सम्पन्न, सेवा कार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता

बनेपा (काभ्रे), साउन ९ अन्तर्राष्ट्रिय सेवा संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल (एमडी ३२५) अन्तर्गत जोन २७ को डिस्ट्रिक्ट गभर्नर फर्स्ट एड्भाइजरी कमिटी बैठक शुक्रबार धनेश्वरस्थित ढिँडो दरबारमा सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर काभ्रे को आयोजनामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन लायन रूपबहादुर रावल, जोन चेयरपर्सन लायन भेषराज अर्याल, रिजन मेन्टर लायन रामप्रसाद ढकाललगायत विभिन्न क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डिस्ट्रिक्ट एक्जिक्युटिभ एड्भाइजर लायन महेन्द्रकुमार राठी, जीएसटी कोअर्डिनेटर डा. गोपाल प्रधान, डिस्ट्रिक्ट… पुरा पढौ