
काठमाडौं, साउन ११
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको जोनस्तरीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी बैठक सम्पन्न भएको छ।
जोन चेयरपर्सन दीपक महर्जनको नेतृत्वमा २०२६ जुलाई २६ तारिखमा काठमाडौंको ज्याठास्थित एनडी’एस क्याफे आइसक्रिम एण्ड फास्ट फुड इन्डष्ट्रिज प्रालिमा आयोजित बैठक सफलतापूर्वक सम्पन्न भएको हो।

बैठकमा जोन अन्तर्गत रहेका सबै क्लबका अध्यक्ष तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको सफल आयोजना, प्रभावकारी समन्वय तथा समय व्यवस्थापनका कारण जोन चेयरपर्सन महर्जनको नेतृत्वको व्यापक प्रशंसा गरिएको छ।
सहभागीहरूले उनको समर्पण, सक्रियता र जिम्मेवार कार्यशैलीले लायन्सको सेवा अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी, बैठकलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै क्लस्टर चिफ अमरराज सुवाल तथा रिजन चेयरपर्सन माचा काजी महर्जनलाई पनि विशेष धन्यवाद तथा बधाई व्यक्त गरिएको छ। उहाँहरूको निरन्तर सहयोग, समन्वय र प्रतिबद्धताले कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ।

डिस्ट्रिक्ट ३२५ के नेपालका मिशन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन दीपक महर्जन, क्लस्टर चिफ अमरराज सुवाल तथा रिजन चेयरपर्सन माचा काजी महर्जनलाई सफल नेतृत्व र उत्कृष्ट कार्यसम्पादनका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत लायन्स सेवामा उल्लेखनीय सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।
लायन्स इन्टरनेशनलको “We Serve” अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन यस्ता बैठकहरूले क्लबहरूबीच सहकार्य, समन्वय र सेवा गतिविधिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।











