
काठमाडौं, साउन १४
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत जोन चेयरपर्सन जनक बस्नेतको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नर्स फर्स्ट एड्भाइजरी कमिटी मिटिङ सफलतापूर्वक सम्पन्न भएको छ।

काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एण्ड ब्याङ्क्वेटमा सम्पन्न बैठकमा जोन अन्तर्गत रहेका पाँचवटा क्लबका पदाधिकारी, पूर्व अध्यक्ष (पास्ट प्रेसिडेन्ट), निर्देशक तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा ४३ जनाको उपस्थिति रहेको जनाइएको छ।

बैठकका प्रमुख अतिथि डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जिसी, विशेष अतिथिहरू क्याबिनेट ट्रेजरर चूडामणि सिलवाल, डिस्ट्रिक्ट एक्जिक्युटिभ काउन्सिलर ज्ञानु म्याम, प्रो इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ, चिफ एड्मिनिस्ट्रेसन मुना थापा, मिसन १.५ चिफ महाप्रसाद पाण्डे, चिफ एक्जिक्युटिभ विनोद कार्की, जीईटी डिस्ट्रिक्ट कोअर्डिनेटर निरज श्रेष्ठ (राजकुमार), जीएमटी निर्मल महर्जन तथा एलसीआईएफ कोअर्डिनेटर निरोज पाण्डे लगायतको उपस्थिति रहेको थियो।

बैठकमा क्लबहरूको प्रगति विवरण, सदस्यता विस्तार, सेवा कार्यक्रम तथा डिस्ट्रिक्टको ‘मिसन १.५’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा सहभागी डिस्ट्रिक्टका वरिष्ठ नेतृत्वहरूले २८ वटा जोन मिटिङमध्ये यस जोनको उपस्थिति सबैभन्दा बाक्लो रहेको र अध्यक्षहरूको प्रतिवेदन (प्रेसिडेन्ट रिपोर्ट) समेत उत्कृष्ट रहेको उल्लेख गर्दै जोन चेयरपर्सन जनक बस्नेत र सम्पूर्ण क्लब परिवारको प्रशंसा गरेका थिए।

यसैबीच, जोन अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सिटिजन ग्रुपको पहलमा दुई वटा नयाँ क्लब विस्तार भइसकेको जानकारी पनि बैठकमा गराइएको थियो।
बैठक सफलतापूर्वक सम्पन्न गराएकोमा जोन चेयरपर्सन जनक बस्नेतसहित आयोजक क्लब तथा सहभागी सम्पूर्ण लायन्स सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ।











