पर्यटन

‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । यो गीत नेपाल बाहेक… पुरा पढौ

चर्चित कलाकारकाे आवाज रहेकाे  “स्याउली बजार” माैलिक गीत सार्वजानीक

हाम्रो संस्कार हाम्रो सांस्कृतिक हाम्रो मौलिक  पुर्खायाउली को मौलिक परम्परागत को रीतिरिवाज लाई कलाकार हरु ले सधैं बचाई राख्नु पर्छ भन्ने एउटा सन्देश मुलक माैलिक सृजना बाेकेकाे स्याउली बजार गीत बजारमा सार्वजानिक भएकाे छ । माैलिक गितहरूकाे खाेजि गर्दे नेपाली संस्कृतीकाे संरक्षणमा अघि बढेकाे ई नेपाल राेधी घरकाे प्रस्तुतीमा थुप्रै चर्चित कलाकारकाे आवाज रहेकाे उक्त गीतकाे संगित संयाेजन अमेरीकामा रहेका  गायक सर्जक खेम पुनले गरेका हुन भने शब्द बालकुमार श्रेष्ठले काेरेका हुन । चर्चित कलाकारहरू माया गुरूङ,सीता श्रेष्ठ,श्याम राना, सुमन… पुरा पढौ

लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल,… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौंका मेयर बालेन शाहले दिए स्वर

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो । ‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ । बालेन मेयर भएपछि उनले… पुरा पढौ

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर: टेक वन’ रिलिज हुने

काठमाडौं - सफलताका साथ नेपाल, जापानसहित प्रदर्शन भइरहेको नेपाली चलचित्र 'एक्टर: टेक वन' अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन सुरु हुने अस्ट्रेलियामा वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए । यस चलचित्रको अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशी संग साथ सहकार्य गरेका छन् । वितरक क्षेत्रीले केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केहीको लागि भने बुकिङ ओपन… पुरा पढौ

सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

काठमाडौं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो जापानू को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन्। प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शिर्ष उपाधी जित्न सफल भएकी थिइन् । हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराइ हुन… पुरा पढौ

“कति राम्रो जिउ तिम्रो” लाेक दाेहाेरी गीत सार्वजानीक

बागलुङ लाेक दाेहाेरी गायिका रितु बाेहाेराकाे कति राम्रो जिउ तिम्रो बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । माया प्रेमकाे एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएकाे गीतमा चर्चित गायक खेम सेन्चुरी र गायीका बोहोरा आवाज रहेको छ । सर्जक रमेश परियारकाे शब्द संगितमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा चर्चित मोडल पुष्प खड्का, मोडल जुना विश्वकर्मा, र तुलसि गुरूङकाे दमदार अभिनय रहेकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन बिक्रम चाैहनले गरेका छन भने नवराज उप्रेतीको छायाङ्न, मनोज कार्कीको सम्पादन रहेकाे म्युजिक भिडियाे रितु… पुरा पढौ

सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

काठमाडौं - गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन' उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ । वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् । यति बेला यो चलचित्र नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ । हाल यसको रिलिजको लागि अभिनेता प्रदिप खड्का जापान पुगेका छन् । दुई… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझने गीतको शब्द र भिडियोले बुझाउँछ । गीतमा सरल शब्द र लय छ । एकपटक सुनेपछि सम्झन सकिने खालको गीत रहेको छ । गीतको भिडियोमा… पुरा पढौ

चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन । जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।… पुरा पढौ