
काठमाडौं जेठ १० आर्थिक मन्दिकाे कारण लगानी कर्ताहरू निरूसाहित भइरहेको समयमा युवाहरूको एक समुहले संघीय राजधानी काठमाडौंमा ७ करोड लगानी गरेर हाेटल मार्कपाेलाे नयाँ ब्यवस्थापनका साथ शुरू गरेकाे छ ।
काठमाडौं कमलपाेखरी चाेकमा बिगत ३ दशक देखि संचालित स्वदेशी तथा बिदेशी पर्यटककाे राेजाइमा परेको
पर्यटन ब्यवसायी साजन शाक्य ग्रुपले संचालन गरिरहेकाे हाेटल मार्कपाेलाेलाइ इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालिले आजदेखि नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएको हाे ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रम बिच हाेटलकाे उद्घाटन गर्दै
नेपालमा संभावना हुदाहुदै पनि कतिपय भएको संभावना लाई पनि नकारात्मक प्रचारप्रसार भइरहेको समयमा युवाहरूले यहीँ लगानी गरेर त्यो नकारात्मक कुरालाई चिर्ने काम गरेको बताए । अहिले आफ्नाे समुह मार्फत देशको ७ प्रदेशमा ७ वटा हाेटल ७ वटा केवल कार बनाउने अभियान लागिरहेको अध्यक्ष ढकालले बताए ।
पर्यटन ब्यवसायी कर्ण शाक्यको परिवारले संचालन गरेको
हाेटल अहिले आफुहरूले संचालन गर्न पाउँदा खुशी लागेको लामो अनुभव भएका ब्यवसायी संग संगत गर्न पाएकाे नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको प्रेरणा बाट लगानी गरेको इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष यमलाल कडेलले बताए ।
हाेटल मार्कपाेलाे प्रालि एण्ड रूफटप रेष्टुरेन्ट इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालिमा इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालिका ७ जना संचालकले ७ कराेड लगानी गरेको छ हाेटमा ३० वटा सुविधा सम्पन्न काेठा छन् पर्यटन लक्षित हाेटलमा अहिले ३५ जनाले राेजगारी पाएका छन् ।
नेपालमा लगानीको वातावरण छैन भएको ब्यवसायी पलायन हुदै गइरहेको बेला इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालि मार्फत ७ जना युवाहरूले नयाँ उत्साह साथ ७ करोड लगानी गरेर यहीँ काम गर्ने यहाँका जनशक्ति लाई राेजगारी दिने जुन आँट गरेका छन् यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।










