
बागलुङ — विश्व रेबिज दिवस २०२६ को अवसरमा जैमिनी नगरपालिका पशु सेवा शाखाले कुकुरहरूलाई रेबिज रोगविरुद्ध निःशुल्क खोप सेवा सञ्चालन गर्ने भएको छ।
रेबिज रोगको जोखिम न्यूनीकरण तथा घरपालुवा र सामुदायिक कुकुरलाई सुरक्षित राख्ने उद्देश्यले खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। नगरपालिकाले कुकुर पालक तथा सम्बन्धित सबैलाई आफ्ना कुकुरलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ।
रेबिज एक घातक रोग भएकाले समयमै खोप लगाउनु नै यसको रोकथामको प्रभावकारी उपाय मानिन्छ। नगरपालिकाको पशु सेवा शाखाले सञ्चालन गर्ने उक्त निःशुल्क खोप सेवाबाट अधिकतम लाभ लिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
जैमिनी नगरपालिका पशु सेवा शाखाले सबै कुकुर पालक तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई रेबिज नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गरेको छ।









