निशा केसीको ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा

-


     केपी कुमार जलन     
     जेठ ६ गते २०८२ मा प्रकाशित


लोक तथा दोहोरी गायिका निशा केसीको नयाँ गीत ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ।

विशेषतः गण्डकी क्षेत्रको मगर समुदायमा प्रचलित रत्यौली भाकामा आधारित यस गीतमा क्षेत्रीय लबजलाई समेटेर मौलिकता प्रस्तुत गरिएको छ। परम्परागत रत्यौली गीतहरूमा नारीहरूको मात्र सहभागिता हुने हुँदा कहिलेकाहीँ अश्लीलता देखिने गरे पनि हालका दिनमा त्यस्ता गीत र नृत्यमा सुधार आएको छ। आजभोलि रत्यौली उत्सवमा नारी–पुरुष दुवैको सक्रिय सहभागिता देखिन थालेको छ।

गायिका निशा केसीले गीतको परिकल्पना गर्दै मगर समुदायको सांगीतिक शैलीलाई आधुनिक दोहोरीको रूप दिएकी छन्। गायक खेम सेन्चुरी र गायिका केसीको स्वरमा रहेको गीतमा शब्द सर्जक शिव हमालको र संगीत स्वयं निशा केसीको रहेको छ।

गीतको म्युजिक भिडियोमा मोडल पुष्पबहादुर खड्का र नारायणी खत्रीको आकर्षक नृत्य प्रस्तुत गरिएको छ। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ।

उक्त गीत गायिका निशा केसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।