
बागलुङ, असोज ९ — बागलुङको जैमिनी नगरपालिका–१ कुस्मिसेरामा लगातार वर्षा भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ।
निरन्तर वर्षाका कारण सडक तथा पैदलमार्गमा आवतजावत गर्न कठिनाइ भएको छ भने दैनिक कामकाजसमेत प्रभावित भएको स्थानीयवासीले बताएका छन्। वर्षा जारी रहेकाले स्थानीय बासिन्दालाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी ग्रामीण सडक र भिरालो क्षेत्रमा पहिरो जाने तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरिएको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा जोखिमयुक्त स्थानबाट टाढा रहन सुझाव दिइएको छ।
वर्षाका कारण कुनै क्षति वा आपत्कालीन अवस्था सिर्जना भएमा सम्बन्धित वडा कार्यालय, जैमिनी नगरपालिका तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन स्थानीयवासीलाई आग्रह गरिएको छ।









