
चर्चित गायक, गीतकार तथा संगीतकार नरेश खातीको नयाँ लोकदोहोरी गीत ‘राजा’ सार्वजनिक गरिएको छ। पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाएका खातीले यस गीतमार्फत नयाँ आयाम थप्ने प्रयास गरेका छन्।
आफ्नै शब्द र संगीतमा तयार भएको गीतमा गायक खातीलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छन्। व्यक्तिमा देखिने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा त्यसको असर अरूको व्यवहारमा पनि कसरी देखिन्छ भन्ने विषयवस्तु गीतमा प्रस्तुत गरिएको छ।
गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको प्रमुख अभिनय रहेको छ। साथै, बालकलाकार प्रिन्स बम, शान अधिकारी, हिमांशु शाही र देश्मा देवकोटाको पनि अभिनय देख्न सकिन्छ।
काठमाडौँमा छायांकन गरिएको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् भने छायांकन नवराज उप्रेतीको रहेको छ।
‘राजा’ गीत नरेश खाती अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।









