सुनितामी परियार र खेम सेञ्चुरीको ‘लाजको पर्दा’ सार्वजनिक

-


     हिडन खबर    
     जेठ १२ गते २०८२ मा प्रकाशित


जेठको महिना, बर्खे झरीको सुरुवात, झमझम पानी परिरहेको बेला पनि कलाकारहरूका लागि संगीतको राग सधैं चलिरहन्छ। पछिल्लो पुस्तामा उदाउँदै गरेकी गायिका सुनितामी परियार नेपाली संगीतको आकासमा चम्किलो नाम बन्न सफल भएकी छन्। हरेक शैलीका गीतहरूमा न्यायपूर्वक प्रस्तुत हुने क्षमताकी धनी परियारको नयाँ लोक दोहोरी गीत ‘लाजको पर्दा’ हालै सार्वजनिक भएको छ।

उक्त म्युजिक भिडियोमा नेपाली चलचित्रका नायकदेखि सामाजिक सञ्जालमा भाइरल भएका बाल कलाकारहरूले अभिनयमार्फत डेब्यु गरेका छन्। भिडियो निकै आकर्षक ढंगले निर्माण गरिएको छ।

गहिरो प्रेमभाव बोकेको यस गीतले मायालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। हाकिम सुनारको संगीत र बिक्रम कौशलको शब्दमा तयार भएको गीतमा सुनितामी परियार र चर्चित गायक खेम सेञ्चुरीको आवाज रहेको छ।

भिडियोमा अभिनेता पल शाह, मोडल जुना विश्वकर्मा, बाल कलाकार आरुषी कार्की र युनिस घिमिरेको दमदार नृत्य देख्न सकिन्छ। विक्रम चौहानको निर्देशन, करण चैसिरको छायांकन र लक्ष्मण चौहानको सम्पादनमा तयार पारिएको म्युजिक भिडियो ‘सुनिता परियार अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।