काठमाडौं, २१ जेठ – नेपाली चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*को भावुक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने मनिषा सुनारको साथ स्वर रहेको छ। सार्वजनिक गीतमा आमाको ऋण तिर्न राजधानी आएको छोराको संघर्ष, आशा, निराशा र भावनात्मक पीडा समेटिएको छ। काठमाडौं सजिलो होला भन्ने सपना बोकेर आएकाहरूले भोग्ने यथार्थ, आमाप्रतिको माया र असहायपन गीतमा उजागर गरिएको छ। “समय रोकिए हुन्थ्यो”, “आमालाई चाँडै नलैजाओस्” भन्ने झल्को दिने शब्दहरूले दर्शक–श्रोताको मन छोएको…
पुरा पढौ