
काठमाडौं — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल उपत्यका समन्वय समिति काठमाडौंको आगामी अधिवेशन मंसिर २० गते हुने भएको छ।
समन्वय समितिको आज बसेको बैठकले सातौँ महाधिवेशन तथा बीसौँ साधारण सभा आगामी मंसिर २० गते काठमाडौंको खरिबोटस्थित लर्ड प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो।
अधिवेशन व्यवस्थापनका लागि समितिले विभिन्न कार्यदलहरू गठन गरेको समितिले जनाएको छ।
बैठकमा प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष राजु ढकाल, सचिव पी.एन. सापकोटा, केन्द्रीय सदस्यहरू कुमार राना र सुजन लम्साल उपस्थित रहेका थिए।
अध्यक्ष अर्जुन थापाको अध्यक्षता र सचिव रमेश बाबु थापाको सञ्चालनमा बैठक सम्पन्न गरिएको थियो।












