प्रिया मगर र किरण विसीको मौलिक ठाडो भाका सार्वजनिक

-


     केपी कुमार जलन     
     मंसिर ९ गते २०८२ मा प्रकाशित


पछिल्लो समय पश्चिमी संस्कृति र आधुनिक प्रविधिको प्रभावसँगै ओझेल परिरहेको ठाडो भाका संरक्षण र प्रवर्द्धन लक्ष्यसहित गायक किरण विसी, रमेश घले तथा गायिका प्रिया मगर र हिरा पुन मगरको सहकार्यमा तयार गरिएको नयाँ मौलिक ठाडो भाका सार्वजनिक गरिएको छ।

सुकरा तामाङको संगीत तथा किरण विसी र प्रयास कुवर मगरको शब्द रहेको गीतमा प्रिया मगर, हिरा पुन मगर, किरण विसी र रमेश घलेले स्वर दिएका छन्।

सार्वजनिक म्युजिक भिडियोमा कलाकार शेख क्षेत्री र युमि गौतमको नृत्य समावेश छ। शेखर क्षेत्रीको निर्देशन, प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन रहेको भिडियो हिरा पुन मगर अफिसियल युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो।

लोकसंस्कृतिको संरक्षणमा योगदान पुग्ने लक्ष्यसहित सार्वजनिक गरिएको यो गीतले दर्शक–श्रोतालाई ठाडो भाकाको मौलिकता पुनः अनुभव गराउने अपेक्षा गरिएको छ।