
बागलुङ,
जैमिनी नगरपालिकामा आयोजित छैठौं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा सभापति नरबहादुर पुनले सहभागी सबै विद्यालयहरूलाई बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्मा रहेका थिए।

सो अवसरमा जैमिनी–१ का वडाध्यक्ष विष्णु आचार्य, सहारा क्लबका अध्यक्ष सुरेश सुनार, नगर खेलकुद विकास समितिका अध्यक्ष ओंकार थापा, तथा खेलकुद सह–सम्पर्क शिक्षक मिलन थापालगायतको उपस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको थियो।

पदक विजेता विद्यालयहरू
छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा:
जनशिक्षित माध्यमिक विद्यालय, जैमिनी–६ अर्जेवा
→ ८ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित प्रथम
शान्ति माध्यमिक विद्यालय, जैमिनी–१ कुश्मीसेरा
→ ७ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित द्वितीय
राङ्खानी माध्यमिक विद्यालय, जैमिनी–१०
→ ४ स्वर्ण, १ रजत र ५ कास्य पदक सहित तृतीय
सफल आयोजनाप्रति धन्यवाद
प्रतियोगिताको सफल संयोजन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निभाएको नगर खेलकुद विकास समिति र सहारा क्लबलाई आयोजकले विशेष धन्यवाद जनाएको छ। यस प्रतियोगिताले स्थानीय बालबालिकाको प्रतिभा उजागर गर्न ठूलो योगदान पुर्याएको बताइएको छ।














