पर्यटन

बेष्ट मोडलको अवार्ड सञ्चिता शाहीलाई प्रदान

काठमाडौं, असार २४दोश्रो क्रियटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२५ को अवसरमा मोडल तथा नृत्याङ्गना सञ्चिता शाही ‘बेष्ट मोडल’ घोषित भएकी छिन्। सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत शाहीलाई ‘धेरै माया बोलको’ गीतबाट उत्कृष्ट मोडलको अवार्ड प्रदान गरिएको हो। नेपाली लोकदोहोरी गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी सञ्चिता शाही र बिकम बुढाथोकीले अभिनय गरेको उक्त म्युजिक भिडियोमा सर्जक तथा गायक कस्तुप पन्तको शब्द–संगीत रहेको छ।गीतमा स्वर भने लोकप्रिय गायक प्रमोद खरेलले दिएका हुन्। ‘धेरै माया’ बोलको भिडियो कस्तुप पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।यस म्युजिक… पुरा पढौ

समाजको यथार्थ बोल्ने मनोज ओलीको नयाँ र्‍याप सार्वजनिक

काठमाडौं ।असार २३र्‍याप गायक मनोज ओलीले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । गीतमा समसामयिक नेपाली समाजको यथार्थपरक चित्रण गरिएको छ । जुनसुकै ‘तन्त्र’ वा ‘वाद’ आए पनि धनी अझ धनी बन्दै गएका र गरिब झनझन पीडित हुँदै गएका यथार्थलाई गीतमार्फत उजागर गरिएको छ । गणतन्त्रपछि गरिबका दिन फेरिन्छन् भन्ने नाराका साथ सत्तामा पुगेका नेताहरूले पनि देशमा खासै परिवर्तन गर्न नसकेको अवस्थालाई गीतले प्रभावशाली ढंगले प्रस्तुत गरेको छ । राजनीतिक परिवर्तनसँगै पटक–पटक दोहोरिएको आश्वासन र व्यवस्थाको नाम फेरिए पनि जनताको… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — आठ सहरमा एकसाथ पोस्टर सार्वजनिक, कथा जस्तो पोस्टरमा पात्रको द्वन्द्व

काठमाडौं ।असार २२ नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक गरिएको छ। विशेष शैलीमा प्रचारप्रसार गर्दै निर्माण टिमले देशभरका आठ प्रमुख सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेर दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ। काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जमा शनिबार दिउँसो साढे ३ बजे बेलुन उडाउँदै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। “देशैभर एकसाथ पोस्टर सार्वजनिक गरेर चलचित्रप्रति उत्सुकता जगाउने उद्देश्य राखेका हौं,” निर्माता बिमल न्यौपानेले बताए। फिल्मको प्रचारप्रसारलाई फरक ढंगले प्रस्तुत गर्दै मोफसलका दर्शकमाझ… पुरा पढौ

मिरमिरे’को छायांकन सुरु, प्रमुख भूमिकामा दयाहाङ र प्रकाश

काठमाडौं, असार — चलचित्र ‘मिरमिरे’ को छायांकन काभ्रेपलाञ्चोकबाट सुरु भएको छ। एक साता लामो वर्कसप सम्पन्न गरेपछि निर्माण टिम शुक्रबार काठमाडौंबाट छायांकनका लागि प्रस्थान गरेको थियो। शनिबार पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन थालिएको निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक यम शेर्पाका अनुसार, “चलचित्र ‘मिरमिरे’को छायांकन आजबाट सुरु गरेका छौं। झन्डै ३५ दिन काभ्रेका विभिन्न स्थानमा खिच्ने योजना छ।” यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्।… पुरा पढौ

केकी र राघवसँगै निर्देशकको रूपमा डेब्यु गरे निराजन प्रधान

काठमाडौं, असार — अभिनेता एवं मोडल निराजन प्रधान पुनः रंगीन पर्दामा फर्किएका छन्। तर, यसपटक उनी अभिनय होइन, निर्देशनमार्फत दर्शकमाझ आएका छन्। फोटो कथा शृंखलाअन्तर्गत निर्माण भएको ‘माया बस्यो’ बोलको गीतमार्फत प्रधानले आफ्नो निर्देशन यात्रा सुरु गरेका हुन्। सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोलाई निराजनले निर्देशन गरेका छन्। भिडियोमा अभिनेत्री केकी अधिकारी र नवअभिनेता राघव दाहालको जोडीलाई प्रेमिल दृश्यमा प्रस्तुत गरिएको छ। अनुहार हेर्दै प्रेम बस्ने दृश्यबाट सुरु हुने गीतमा गहिरो मायाको कथा प्रस्तुत गरिएको… पुरा पढौ

चित्रा’ अब अमेजन प्राइम भिडियोमा, ४३ भाषामा सबटाइटल सहित विश्वव्यापी प्रदर्शन

काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब अमेजन प्राइम भिडियो मार्फत विश्वभरका दर्शकले हेर्न सक्ने भएका छन्। वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको चलचित्र अहिले प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध भएको छ। अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट यो सिनेमा हेर्न सक्नेछन्। यस अन्तर्गत २०० भन्दा बढी देशका दर्शकले चलचित्र ‘चित्रा’को पहुँच पाउने भएका हुन्। चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ल्ड’ नामक संस्थाले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो। विशेष उल्लेखनीय पक्ष के… पुरा पढौ

‘गोबर गणेश’ निर्माण गर्दै बल्छी धुर्बे, माघ १ मा प्रदर्शन

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले चलचित्र ‘गोबर गणेश’ निर्देशन गर्ने भएका छन्। टेलिचलचित्रमार्फत दर्शकमाझ लोकप्रिय बनेका उनी अब ठूला पर्दामा आफ्नो निर्देशनमा चलचित्र ल्याउन लागेका हुन्। **‘बल्छी धुर्बे फिल्मस्’**को प्रस्तुति रहने चलचित्र माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। हालसम्म चलचित्रका लेखक र अन्य प्राविधिकबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। टेलिचलचित्र **‘मेरी बास्सै’**बाट अभिनय यात्रा सुरु गरेका मरिचमानले पछि ‘हल्का रमाइलो’ र **‘जुठे’**जस्ता लोकप्रिय टेलिसिरियल निर्देशन गरेका थिए। नयाँ चलचित्रमा उनी अभिनय गर्ने वा नगर्ने भन्नेबारे भने… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु, दयाहाङ र प्रकाश पहिलोपटक एकै साथ

काठमाडौं — दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ को वर्कसप सुरु भएको छ । निर्देशक यम शेर्पाका अनुसार आइतबारदेखि फिल्मका प्रमुख कलाकारहरूको सहभागितामा वर्कसप थालिएको हो । “सुटिङ सहज होस्, कलाकारबीचको तालमेल र कथासँगको आत्मीयता बढोस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले बताए, “यसले छायांकन छिटो सक्न पनि सहयोग गर्नेछ ।” कान्तिपुर फिल्म एकेडेमी मा वर्कसप भइरहेकाले चलचित्र ‘मिरमिरे’ को छायांकन यही शुक्रबारदेखि सुरु हुने भएको छ । अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा गरिनेछ । प्रकाश… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई

काठमाडौं, असार १६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्। गत जुन ११ देखि १५ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाली टिमको उत्कृष्ट प्रदर्शनप्रति प्रसन्नता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक विजेता उर्मिला श्रेष्ठको प्रशंसा गरे। “खेल, विशेषतः शारीरिक सुगठनजस्ता विधा राज्यको प्राथमिकतामा नपरेका क्षेत्र हुन्। अब राज्यले यसलाई प्राथमिकतामा राखेर आवश्यक… पुरा पढौ

नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को चौथो संस्करण काठमाडौंमा

काठमाडौं, असार १५ नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण असार १५ गते काठमाडौंको अनामनगरस्थित सिलाैटाे कटेजमा आयोजना सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसकाे अवसर पारेर नयाँ संस्करण गरिएकाे  नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।  । चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिएकाे थियो । नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिलाैटाे कटेजको सहकार्यमा भएको यस विशेष… पुरा पढौ