माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

-


     हिडन खबर    
     पौष १३ गते २०८२ मा प्रकाशित


पुष १३, पोखरा — कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२औँ माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत आइतबार विभिन्न समूहमा प्रतिस्पर्धा सम्पन्न भएका छन्।

आइतबार सम्पन्न मेन्स ओपनतर्फ नेहाल जंगबहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले पराजित गरे। त्यसैगरी, राजबीर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमान हजुर घलेले सन्दीप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशान श्रेष्ठलाई ७–५, ६–१ ले तथा प्रदीप खड्काले विवेक मगरलाई ६–१, ६–० ले पराजित गरे।

३५ वर्षमाथिको मेन्स सिंगल्सतर्फ विकास खड्काले सम्दुक लामालाई ६–४, ६–० ले, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१ ले, जितेन्द्र परियारले मनोज के. श्रेष्ठलाई ६–१, ६–० ले, अनिल शाहीले सञ्जय श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ ले तथा सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरे।

४५ वर्षमाथिको एकलतर्फ कमल भण्डारीले अमृत गुरुङलाई वाकओभरमा पराजित गरे। देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ ले तथा रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे।
५५ वर्षमाथिको एकलतर्फ चन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गरे।

६५ वर्षमाथिको एकलतर्फ कमल थापाले विदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथा पदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरे।

३५ वर्षमाथिको मेन्स डबल्सतर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१ ले पराजित गर्‍यो। त्यसैगरी, सिमान्त गुरुङ र अनिल शाहीको जोडीले दावा शेर्पा र गगन महर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गर्‍यो।