भाइरल मिठु चेपाङ र रमेश विक्रम रत्नको “तोरी फुलेको” सार्वजनिक

-


     हिडन खबर    
     पौष २३ गते २०८२ मा प्रकाशित


बाल्यकाल रमाइलो मात्र होइन, जीवनभर सम्झन लायक पनि हुन्छ। विशेषगरी गाउँघरमा हुर्किएको जीवनले प्रकृतिसँग अझ नजिक रहने अवसर प्रदान गर्छ। यिनै बाल्यकालीन सम्झनाका तरेली र त्यतिबेला लागेका पिरतीलाई गीतमार्फत प्रस्तुत गरिएको छ।

भर्खरै सार्वजनिक गरिएको भाइरल गायिका मिठु चेपाङ र गायक रमेश विक्रम रत्नको “तोरी फुलेको” गीतले बाल्यकालको मीठो झल्को दिलाएको छ। बाल्यकालको छुट्टै आनन्द र त्यही समयमा लागेको प्रेमलाई सम्झँदै दीपक शाहीले गीतका शब्द कोरेका हुन् भने संगीत गायक रमेश विक्रम रत्नकै रहेको छ।

गीतको म्युजिक भिडियोमा भाइरल गायिका मिठु चेपाङ र गायक रमेश विक्रम रत्नको स्वर सुन्न सकिन्छ। भिडियोमा मिठु चेपाङ, रमेश विक्रम रत्न, जय ओली, गोविन्द, अनिता र जीविताको मुख्य भूमिका रहेको छ।

म्युजिक भिडियोको निर्देशन रमेश परियारले गरेका हुन् भने छायाङ्कन बिरेन्द्र परियार र सम्पादन राजकुमार मगरले गरेका छन्। उक्त म्युजिक भिडियो रमेश परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।