नेपाली समाजमा सफलताको चर्चा हुँदा प्रायः पद, प्रतिष्ठा, तलब र बाहिरी उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। कोही सरकारी सेवामा उच्च पदमा पुगेका हुन्छन्, कोही निजी क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका हुन्छन्, त कोही व्यवसायमा सफल बनेका हुन्छन्। यस्ता उपलब्धिहरू निश्चय नै प्रशंसनीय छन्। तर सफलताका पछाडि मौन रूपमा उभिएका केही पात्रहरूको योगदानको चर्चा अपेक्षाकृत कम हुने गरेको छ। ती हुन्– आफ्नो परिवार, सन्तान र घरको जिम्मेवारीलाई केन्द्रमा राखेर जीवन बिताइरहेका लाखौँ महिलाहरू। नेपालका गाउँदेखि सहरसम्म यस्ता असंख्य महिलाहरू भेटिन्छन्, जो शिक्षित…
पुरा पढौ