लायन्स क्लब अफ निसीखोला बागलुङको प्रथम वार्षिकोत्सवमा वृक्षरोपण कार्यक्रम

-


     हिडन खबर    
     भाद्र १४ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ १५

लायन्स क्लब अफ निसीखोला बागलुङले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेर मनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे क्लबले जनाएको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रहेको क्लबले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षरोपण अभियान सञ्चालन गरिएको हो। क्लबले स्थानीय समुदाय, समाजसेवी, युवा तथा सरोकारवालाहरूको सहभागितामा विभिन्न प्रजातिका बिरुवा रोपेकाे जनाएको छ।

क्लबका पदाधिकारीहरूले वृक्षरोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा आगामी पुस्तालाई हरियाली वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

“प्रथम वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी समाज र वातावरणका लागि सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो,” क्लबका अध्यक्ष अशोक कार्कीले बताए ।

क्लबले प्रभा माध्यमिक बिद्यालय ,श्री रत्न राज्यलक्ष्मी बिद्यालय ,श्री जन जीवराज शुसिला बिद्यालय ,र देविस्थान माध्यमिक बिद्यालय परिसर भित्र वृक्षरोपण गरेको क्लबका अध्यक्ष कार्कीले बताए ।

क्लबले प्रभा माध्यमिक बिद्यालय ,श्री रत्न राज्यलक्ष्मी बिद्यालय ,श्री जन जीवराज शुसिला बिद्यालय ,र देविस्थान माध्यमिक बिद्यालय परिसर भित्र वृक्षरोपण गरेको क्लबका अध्यक्ष कार्कीले बताए ।

लायन्स क्लब अफ निसीखोला बागलुङ सन् २०२५ मा स्थापना भएको सामाजिक संस्था हो। स्थापना कालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।