पर्यटन

चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रको टिजर सार्वजनिक भएको हो। टिजरमा सिनेमाका मुख्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ। टिजरले पिता–छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्दै आएकी छोरी तथा उनीहरू बीचको भावनात्मक दूरी र नजिकतालाई टिजरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन्। जीवनयापनका लागि उनी स्कुलमा… पुरा पढौ

तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी

काठमाडौं । मोडलिङबाट चर्चामा आएका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्। अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘तरङ्ग’ मार्फत उनले फीचर फिल्ममा प्रवेश गर्दै छन्। एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक चलचित्रमार्फत दर्शकमाझ आउन पाउँदा उत्साहित देखिएका छन्। फिल्मको कथा, पात्र र निर्देशकले गरेको विश्वासका कारण आफू ‘तरङ्ग’मा जोडिएको उनले बताए।“मेरो भूमिका शक्तिशाली छ। टिमले गरेको भरोसा मिहिनेतले उतार्नेछु,” बरुणले भने। आफ्नो पात्रप्रति दर्शकले रुचि देखाउनेमा उनी विश्वस्त छन्। चलचित्रको पटकथा स्वयं निर्देशक… पुरा पढौ

‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर : केन्द्रमा अभिनेत्री बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारलाई स्थान दिइए पनि केन्द्रमा अभिनेत्री बेनिशा हमाललाई राखिएको देखिन्छ । पोस्टरमा उनी तीन फरक मुद्रामा देखिएकी छन्। सबैभन्दा ठूलो आकृतिमा बेनिशाको प्रसन्न अनुहार मात्र देखिन्छ, जसले उनको जीवनप्रति रहेको आशावाद झल्काउँछ। अर्को लुकमा उनी रेलिङमा अडेस लगाएर सिगरेट हातमा लिएर उभिएकी छन्, जहाँ उनी तनावग्रस्त मुद्रामा देखिन्छन्। उनको हातका पाँचै औलामा औंठी छन्, एउटा औँलामा त दुईवटा… पुरा पढौ

गोदावरी मार्बल डाँडा : छोटो दूरी, फराकिलो यात्रा

जावलाखेलको बिहान हल्का चिसो थियो, तर हाम्रो मन भने अपेक्षाको तातो ऊर्जा बोकेर तताइरहेको थियो। बिहान ९:५० बजेको घडीले संकेत दियो—हाम्रो पूर्व–योजनाबद्ध हाईकिङ सुरु हुने समय भइसकेको छ। सबै साथीहरू निर्धारित समयमै भेला भयौँ, अनि यात्रा शुरु हुदाँ लाग्यो– हामी सबै एकै तालमा धड्किरहेका छौँ, एउटा साझा सपना बोकेर; छोटो यात्राबाट जीवनमा रंगिन स्मृतिका फूल फुलाउने आकांक्षा लिएर। बसमा सँगै बसेको हाम्रो समूह सानै थियो, तर उत्साह भने निकै ठूलो। बसका सीटहरूले हाम्रो हाँसो, गीत र गजलहरू समाउन नसकेर बारम्बार… पुरा पढौ

लेखनाथ महोत्सवलाई सफल बनाउन सुरक्षा निकायहरुको पूर्ण साथ रहने

लेखनाथ, १६ मंसिर। पुस  ३ गतेदेखि १४ गतेसम्म लेखनाथमा सञ्चालन भइरहेको २१औँ लेखनाथ महोत्सवलाई सफल र सुरक्षित बनाउन जिल्लास्थित सबै सुरक्षा निकायहरूले पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्रादेवी शर्माले लेखनाथ महोत्सवले वर्षौँदेखि ‘महोत्सवमध्ये उत्कृष्ट महोत्सव’को पहिचान बनाउँदै ल्याएको उल्लेख गरिन्। उनले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्दै महोत्सवलाई अझ सफल बनाउन प्रशासनको तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता जनाइन्। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ

जैमिनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बागलुङ,जैमिनी नगरपालिकामा आयोजित छैठौं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सभापति नरबहादुर पुनले सहभागी सबै विद्यालयहरूलाई बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्मा रहेका थिए। सो अवसरमा जैमिनी–१ का वडाध्यक्ष विष्णु आचार्य, सहारा क्लबका अध्यक्ष सुरेश सुनार, नगर खेलकुद विकास समितिका अध्यक्ष ओंकार थापा, तथा खेलकुद सह–सम्पर्क शिक्षक मिलन थापालगायतको उपस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको थियो। पदक विजेता विद्यालयहरू छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा:… पुरा पढौ

मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। मध्यपूर्वसहितका केही देशमा यस फिल्मको प्रदर्शन राइट्स बिक्री भइसकेको निर्देशक यम शेर्पाले जानकारी दिएका छन्। युएई, कतार, बहराइन, इजरायल र मलेसियाका लागि प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको हो। केही समयअघि सार्वजनिक गरिएको दुईवटा पोस्टरमार्फत फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सिर्जना निङ्लेखु र प्रकाश सपूत तथा बाल कलाकार शाइसा गौचनलाई फिचर गरिएको थियो। यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, प्रकाश… पुरा पढौ

प्रिया मगर र किरण विसीको मौलिक ठाडो भाका सार्वजनिक

पछिल्लो समय पश्चिमी संस्कृति र आधुनिक प्रविधिको प्रभावसँगै ओझेल परिरहेको ठाडो भाका संरक्षण र प्रवर्द्धन लक्ष्यसहित गायक किरण विसी, रमेश घले तथा गायिका प्रिया मगर र हिरा पुन मगरको सहकार्यमा तयार गरिएको नयाँ मौलिक ठाडो भाका सार्वजनिक गरिएको छ। सुकरा तामाङको संगीत तथा किरण विसी र प्रयास कुवर मगरको शब्द रहेको गीतमा प्रिया मगर, हिरा पुन मगर, किरण विसी र रमेश घलेले स्वर दिएका छन्। सार्वजनिक म्युजिक भिडियोमा कलाकार शेख क्षेत्री र युमि गौतमको नृत्य समावेश छ। शेखर क्षेत्रीको निर्देशन,… पुरा पढौ

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

लेखनाथ, ८ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुष ३ गतेदेखि १४ गतेसम्म आयोजना हुने २१औँ लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेको छ। स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाका अनुसार पहिलो चरणमा संघका सदस्यहरूलाई लक्षित गर्दै मंसिर ८ गतेबाट स्टल बुकिङ खुला गरिएको हो। अन्य व्यवसायीका लागि दोस्रो चरणमा मंसिर १५ गतेदेखि बुकिङ खुला गरिने जानकारी उनले दिए। महोत्सव यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने… पुरा पढौ

लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको अधिवेशन मंसिर २० गते

काठमाडौं — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल उपत्यका समन्वय समिति काठमाडौंको आगामी अधिवेशन मंसिर २० गते हुने भएको छ। समन्वय समितिको आज बसेको बैठकले सातौँ महाधिवेशन तथा बीसौँ साधारण सभा आगामी मंसिर २० गते काठमाडौंको खरिबोटस्थित लर्ड प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो। अधिवेशन व्यवस्थापनका लागि समितिले विभिन्न कार्यदलहरू गठन गरेको समितिले जनाएको छ। बैठकमा प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष राजु ढकाल, सचिव पी.एन. सापकोटा, केन्द्रीय सदस्यहरू कुमार राना र सुजन लम्साल उपस्थित रहेका थिए। अध्यक्ष अर्जुन थापाको अध्यक्षता र… पुरा पढौ