बागलुङमा देउवा पक्षधर कांग्रेसको सम्पर्क कार्यालय स्थापना

-


     हिड्न खबर संवाददाता     
     असाेज ८ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज ८ — नेपाली कांग्रेसको गगन थापा पक्षीय १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै गइरहेका बेला देउवा पक्षधर नेताहरूले बागलुङमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कँडेलले पार्टीभित्र देखिएको असमझदारीका कारण आफूहरू संगठन सुदृढीकरण र महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय भएको बताउनुभयो। उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

देउवा पक्षधर कांग्रेस बागलुङका संयोजक सागर छन्त्यालले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा र पालिका तहसम्म अधिवेशनका गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले स्थानीय तहदेखि जिम्मेवारी बाँडफाँट गरेर संगठन विस्तार र महाधिवेशन तयारीलाई तीव्र बनाइने बताउनुभयो।

नेपाली कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका र संगठनात्मक विषयलाई लिएर विभिन्न धारका नेताहरू सक्रिय भइरहेका बेला बागलुङमा देउवा पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको हो।