डीजी टिम चेयरिङ कार्यक्रम सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी     
     असार २७ गते २०८३ मा प्रकाशित


काठमाडौ असार २७

हामी सेवा गर्छाैं भन्ने भावनाका साथ स्थापना भएको
संसार कै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं, असार २७ — लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का गभर्नर रमेश अधिकारी ,फस्ट डिस्ट्रिक गभर्नर बिष्णुहरि फुयाल र सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली  ‘डीजी टिम चेयरिङ’ कार्यक्रम सम्पन्न भएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के का गभर्नर
रमेश अधिकारीले आफू नेता नभएर सेवा गर्न आएको सेवक भएको हुदा सबै सामाजिक कार्यमा आफुलाइ लगाउन आग्रह गर्नुभएको थियो ।

लायन्स क्लबहरू धेरै खुल्दै गइरहेका छन् अब यसका सदस्यहरू र क्लबलाई बलियो बनाउन तालिमकाे जरुरी रहेको लायन्स इन्टरनेशनलका पुर्व डाइरेक्टर बालकृष्ण बुर्लाकाेटीले बताए ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर (डीजी) टिमसहित लायन्सका पदाधिकारी, सदस्य तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा लायन्स इन्टरनेशल डिस्ट्रिक ३२५ के नेपाल बिश्व म‌ै सबैभन्दा बढी क्लब खाेल्न सफल पहिलो डिस्ट्रिक हुन सफल भएको जानकारी समेत गराइएको थियो ।

‘Leading with Purpose’ नारासहित आयोजना गरिएकाे कार्यक्रमले नयाँ लायन वर्षका लक्ष्य, योजना तथा सेवा गतिविधिबारे छलफल गरि नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका निर्वतमान गभर्नर दुर्गाप्रसाद हुमागाई  लायन्स इन्टनेशनल डिस्ट्रिक ३२५ के नेपालका फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल लगायतका बक्ताहरूले
शुभकामना मन्तब्य ब्यक्त गरेकाे कार्यक्रम संचालन
लायन्स सेक्रेटरी लायन गणेश जिसीले गरेका थिए ।

लायन्स क्लबले सामाजिक शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।