दुई मञ्जुको तीज गीत ‘भन्देउ न माया’ सार्वजनिक हुँदै

-


     हिडन खबर    
     श्रावण १ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन १

हरितालिका तीज पर्वलाई लक्षित गर्दै गायिका मञ्जु पौडेल र मञ्जु थापाको स्वरमा सजिएको नयाँ तीज गीत ‘भन्देउ न माया’ छिट्टै सार्वजनिक हुने भएको छ।

गीतमा नारायण ग्यावालीको शब्द तथा संगीत रहेको छ भने भिडियोको निर्देशन दावा बल तामाङले गरेका छन्। भिडियोमा अलिना रायमाझी र रीना थापाको आकर्षक अभिनय रहेको निर्माण पक्षले जनाएको छ।

गीतको आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले केही दिनभित्रै भिडियोसहित गीत दर्शक तथा श्रोतामाझ ल्याइने जानकारी दिएको छ।

तीजको मौलिक संस्कृति, प्रेम, मनोरञ्जन र नेपाली लोकपरम्पराको भावलाई समेटेर तयार गरिएको उक्त गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास कलाकारहरूले व्यक्त गरेका छन्।

निर्माण पक्षका अनुसार तीजको अवसरमा सार्वजनिक हुन लागेको ‘भन्देउ न माया’ले मौलिक तीज गीतको स्वाद प्रस्तुत गर्दै नेपाली सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।