
बागलुङ, असोज ८ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

असोज ७ र ८ गते सञ्चालन गरिएको कार्यक्रममा बागलुङ जिल्लाका छ स्थानीय तहमा कार्यरत नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्यको वर्तमान अवस्था तथा चुनौती, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), Indirect Maternal Health Screening, Birth Preparedness and Readiness Placard, ANC–PNC Continuum of Care, प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (PPH), Non-Pneumatic Anti-Shock Garment (NASG), Labour Care Guide, PRTP तथा PAFP/PPFP सम्बन्धी अभिमुखीकरण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यक्रमको व्यवस्थापन प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत समिता घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा डा. विजय ओझा, जनस्वास्थ्य अधिकृत समिता घिमिरे, वरिष्ठ जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्मा तथा नारायण रिजालले सहजीकरण गर्नुभएको थियो।

स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी मातृ तथा नवशिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ।











