
पोखरा, असोज ८ — गाउँपालिका, नगरपालिका तथा वडाको संख्या, सिमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले अन्नपूर्ण गाउँपालिकामा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा वडाको सिमाना हेरफेरसम्बन्धी गाउँपालिकाबाट प्राप्त प्रस्तावमाथि छलफल गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो। उहाँले नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार समितिले कार्य गरिरहेको बताउनुभयो।
छलफलमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बरालले पुनरावलोकनसम्बन्धी मापदण्ड र प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।
समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।














