तीज कोसेली ‘रिसले जल्यो बारिले’ सार्वजनिक हुँदै

- गायिका कुमारी चेपाङको स्वरमा सजिएको नयाँ तीज गीत केही दिनमै दर्शकमाझ आउने

-


     केपी कुमार जलन    
     श्रावण १ गते २०८३ मा प्रकाशित


काठमाडौं

नेपाली लोकसंगीतप्रेमी दर्शक तथा श्रोताका लागि गायिका कुमारी चेपाङले तीजको विशेष कोसेली लिएर आउने भएकी छन्। उनको नयाँ तीज गीत ‘रिसले जल्यो बारिले’ केही दिनमै सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।

गीतमा गायिका चेपाङको स्वर रहेको छ भने शब्द देवबहादुर सुनार, संगीत कृष्ण परियार तथा संगीत संयोजन दोलराज बर्गाहरे मगरले गरेका छन्। गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन्।

मौलिक तीज संस्कृतिको झल्को, आकर्षक कथावस्तु र उत्कृष्ट प्रस्तुति समेटिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।

यस अवसरमा गायिका कुमारी चेपाङले गीत सार्वजनिक हुने दिनसम्म धैर्यतापूर्वक प्रतीक्षा गर्न सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूलाई अनुरोध गर्दै आफूलाई निरन्तर माया, साथ र समर्थन प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेकी छन्।

तीज पर्व नजिकिँदै गर्दा सार्वजनिक हुन लागेको ‘रिसले जल्यो बारिले’ ले नेपाली लोकसंगीत क्षेत्रमा थप रौनकता ल्याउने विश्वास गरिएको छ।