गण्डकी एरियाका लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

-


     हिड्न खबर संवाददाता     
     असाेज ८ गते २०८३ मा प्रकाशित


कास्की, असोज ८

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत गण्डकी एरियाका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (इन्डक्सन) कार्यक्रम कास्कीमा सम्पन्न भएको छ।

सेप्टेम्बर २३, २०२६ मा आयोजित “इन्डक्सन एन्ड जोइन्ट इन्स्टलेसन सेरेमोनी” मा गण्डकी क्षेत्रका ११ लायन्स क्लब र दुई लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको संयुक्त पदस्थापन गरिएको हो।

कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, प्रथम उप–डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाँल, द्वितीय उप–डिस्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल बर्ष २०२५/२६ का निर्वतमान गभर्नर दुर्गा हुमागाई चिफ एडभाइजर मीनराज काफ्ले लगायतका लायन्स नेतृत्वको विशेष उपस्थिति रहेको थियो।

पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ सुनगाभा, पोखरा एपेक्स, पोखरा ब्यूटिफुल सिटी, पोखरा सेन्ट्रल सिटी, पोखरा गार्डेन सिटी, पोखरा नेक्स्ट जेनेरेसन, पोखरा पीस देउराली, पोखरा पीस होम, पोखरा पीस जोन, पोखरा समृद्धि, पोखरा सप्तगण्डकी तथा लियो क्लब अफ पोखरा समृद्धि र लियो क्लब अफ गण्डकी मेडिकल कलेज सहभागी भएका थिए।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराएकोमा क्लस्टर चिफ भीमप्रसाद सुवेदी, रिजन चेयरपर्सनद्वय हिमानसिंह गुरुङ र सोनम गुरुङ, तथा जोन चेयरपर्सनहरू धुर्व शर्मा, पम्फा गिरी, जिमाया गुरुङ र शालिकराम अधिकारीलाई धन्यवाद ज्ञापन गरिएको थियो। साथै, नवपदस्थापित क्लब अध्यक्षहरू, पदाधिकारीहरू तथा सम्पूर्ण सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट ३२५ के नेपालका चिफ एडभाइजर मीनराज काफ्लेले गण्डकी एरियाको पदस्थापन कार्यक्रम पूर्वनिर्धारित समयमै गर्ने तयारी रहे पनि भदौ १० गते रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण कार्यक्रम करिब एक महिना पछि सार्नुपरेको जानकारी दिए।

लायन्स वर्ष २०२६/२७ का लागि आयोजित उक्त संयुक्त पदस्थापन कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।