
काठमाडौं, असार ३१
रोटरी अभियानमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको क्लबले नयाँ नेतृत्वसँगै थप प्रभावकारी सेवा सञ्चालन योजना बनाएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ ज्ञानेश्वरले नयाँ कार्यसमितिको पदस्थापन समारोहमा राेटरी इन्टरनेशनलका डिस्ट्रिक गभर्नर बिष्णु बहादुर कार्कीले गाउँ गाउँमा पुगेर खानेपानीको समस्या छ भने त्यसलाई समाधान गरिदिने कि त्यहा के समस्या छ के गर्दा ठिक हुन्छ त्यो गरेर देखाउनुपर्नै बताए ।

देशभरि १६४ वटा राेटरी क्लब अस्तित्वमा रहेको त्यो मध्य महिलाहरूकाे मात्र क्लब राेटरी ज्ञानेश्वरले शिक्षा स्वास्थकाे क्षेत्रमा काम गर्दै आएको राेटरी भनेकै समाजमा दिनको लागि गठन भएको संस्था भएको
राेटरी क्लब ज्ञानेश्वरका चार्टर अध्यक्ष रसुमिला श्रेष्ठले बताए ।

राेटरी क्लब सामाजिक सेवालाई उच्च स्थानमा राखेर आफ्नो सेवा अगाडि बढाउने संस्था हाे यसले पाेलियाे
उन्मुलनमा ठूलो याेगदान गरेको नेपालकाे सन्दर्भमा पाेलीयाे निवारकाे साथै शिक्षा स्वास्थ्य गरिबी निवारणमा भुमिका खेलिरहेको राेटरी क्लवका पुर्व अध्यक्ष चन्द्र बहादुर केसीले बताए ।

क्लबले आगामी बर्ष २०२६/०२७ काे लागि निर्वाचित क्लब अध्यक्ष शाेनी श्रेष्ठलाई काठमाडौंमा आफ्नो छैटौं पदस्थापन गराएकाे कार्यक्रम मार्फत क्लबको नवगठित कार्यसमिति तथा बोर्ड अफ डाइरेक्टर्सलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएकाे थियोे ।साथै रोटरीका मूल्य, नेतृत्व विकास, सामुदायिक सेवा र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएकाे आयोजकले जनाएको छ।

रोटरी क्लब अफ ज्ञानेश्वरले आयोजना गरेकाे उक्त कार्यक्रममा रोटरीकर्मी, सामाजिक व्यक्तित्व, विभिन्न क्षेत्रका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेकाे थियो ।

क्लबका अनुसार कार्यक्रमले आपसी मित्रता, सहकार्य तथा सेवाभावलाई अझ सुदृढ बनाउँदै समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा जाेया फाउन्डेसनकाे तर्फबाट सामाजिक संस्था रक्षा नेपाल र एउटा सामुदायिक बिद्यालयलाई
फाउन्डेसनका अध्यक्ष भरत कुमार श्रेष्ठले नगद सहयोग प्रदान गरिएको थियोे ।












