पर्यटन

‘के घर के डेरा : घर नं २’को ट्रेलर युट्युब ट्रेन्डिङमा

काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर युट्युबको मुभी सेक्सनमा ५औं स्थानमा ट्रेन्डिङमा आएको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रसँगै यसको ट्रेलर पनि दर्शकको चासोको केन्द्र बनेको हो। सकारात्मक वर्ड अफ माउथसँगै चलचित्रले प्रदर्शनरत हलहरूमा राम्रो उपस्थिति देखाएको छ। चलचित्रले अफ टाइमका शोहरूमा समेत सन्तोषजनक दर्शक उपस्थिति पाइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। “दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको छ,” उनले भने, “हाम्रो चलचित्रको जनरा र विषयवस्तु अनुसार दर्शकबाट राम्रो साथ पाइरहेका छौं।” निर्माण पक्षका… पुरा पढौ

कोटिहोममा पाँच लाखभन्दा बढी भक्तजनको सहभागिता, श्रद्धा र आस्थाको संगम

पोखरा, जेठ ७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा मंगलबारसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको आयोजकको दाबी छ। महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार दिनप्रतिदिन भक्तजनको उपस्थितिले कोटिहोम परिसर उत्साहजनक बनेको छ। उनले भने, "भक्तजनको निरन्तर भीडका आधारमा अहिलेसम्म पाँच लाखभन्दा धेरैले दर्शन गरिसकेको आँकलन गरिएको हो।" महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन आउने अनुमान गरिएको छ। सोही दिनदेखि अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः… पुरा पढौ

‘द ब्ल्यू लाइट’ चलचित्र निर्माणको घोषणा, थिम पोस्टरसहित निर्देशक बलिराम चौहानको डेब्यु

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को औपचारिक निर्माण घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो। चलचित्रको निर्देशन बलिराम चौहानले गर्नेछन्। चौहान यसअघि बहुप्रतीक्षित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा कार्यरत थिए। ‘द ब्ल्यू लाइट’ चौहानको निर्देशनमा डेब्यु हुने चलचित्र हो। स्काइफल पिक्चर्स को प्रस्तुति रहने चलचित्रमा रमन ग्रे सह–निर्माताको रूपमा रहनेछन् भने नरेन्द्र मैनाली ले छायांकन गर्नेछन्। निर्देशक चौहानका अनुसार चलचित्र सन् २०२५ भित्रमै प्रदर्शनमा आउने योजना रहेको… पुरा पढौ

जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शनमा, विजय बराल र केकी अधिकारी मुख्य भूमिकामा

काठमाडौं – चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार चलचित्रको कथासँग जोडिएको सांकेतिक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्र एक युवाले आमाको खोसिएको खुसी फिर्ता ल्याउन घर छाडेर सहर पस्ने यात्राको कथामा आधारित छ। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रमा आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको… पुरा पढौ

निशा केसीको ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा

लोक तथा दोहोरी गायिका निशा केसीको नयाँ गीत ‘औँलैमा जुनेली बुट्टा’ युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। विशेषतः गण्डकी क्षेत्रको मगर समुदायमा प्रचलित रत्यौली भाकामा आधारित यस गीतमा क्षेत्रीय लबजलाई समेटेर मौलिकता प्रस्तुत गरिएको छ। परम्परागत रत्यौली गीतहरूमा नारीहरूको मात्र सहभागिता हुने हुँदा कहिलेकाहीँ अश्लीलता देखिने गरे पनि हालका दिनमा त्यस्ता गीत र नृत्यमा सुधार आएको छ। आजभोलि रत्यौली उत्सवमा नारी–पुरुष दुवैको सक्रिय सहभागिता देखिन थालेको छ। गायिका निशा केसीले गीतको परिकल्पना गर्दै मगर समुदायको सांगीतिक शैलीलाई आधुनिक दोहोरीको रूप… पुरा पढौ

नायिका वर्षा राउत ‘महाराजधिराज’मा अनुबन्धकाठमाडौं ।

नायिका वर्षा राउत नयाँ नेपाली चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएकी छन्। कलाकारहरूको लाइनअप विस्तार गर्दै निर्माण टिमले राउतलाई फिल्ममा भित्र्याएको हो। यसअघि नै अभिनेत्री वर्षा शिवाकोटी, अभिनेता आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र जयकिशन बस्नेत ‘महाराजधिराज’ मा अनुबन्ध भइसकेका छन्। अब वर्षा राउतको पनि सहभागीता भएपछि चलचित्रमा स्टारकास्टको बाक्लो उपस्थिति देखिएको छ। चलचित्रको निर्देशन परिच्छेद सेनले गर्नेछन्। उनी स्वयंले यस चलचित्रको कथा लेखेका छन्। सेन निर्देशित पछिल्लो चलचित्र ‘प्रेमगञ्ज’ ले समीक्षक र दर्शकको प्रशंसा बटुल्न सफल भएको थियो। ‘महाराजधिराज’… पुरा पढौ

“साईलि के गर्छ कर्मले” — आसा बिसी र एम. टी. महरको लोक दोहोरी गीत सार्वजनिक

काठमाडौं, जेठ ५ — लोकदोहोरी संगीतको क्षेत्रमा सक्रिय गायिका आसा बिसी र गायक एम. टी. महरको नयाँ गीत "साईलि के गर्छ कर्मले" सार्वजनिक भएको छ। प्रेम, पीडा र कर्मको कथालाई समेटिएको यो गीत पछिल्लो पुस्ताको युवा प्रेम जीवनलाई प्रतिनिधित्व गर्ने प्रयास गरिएको छ। गीतमा शब्द आसा बिसीको रहेको छ भने संगीत गायक महरकै हो। दुवैले यस गीतमा स्वर दिएका छन्। मौलिकता झल्किने पहिरन र ग्रामीण परिवेशलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आसा बिसी, एम. टी. महर र कुल बी. ओलीको अभिनय… पुरा पढौ

कोटिहोममा विभिन्न जातजातिको सांस्कृतिक प्रदर्शन सुरु

पोखरा, जेठ ५ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको छ। आयोजकका अनुसार सांस्कृतिक विविधता संरक्षण र सनातन धर्मको प्रचारप्रसार उद्देश्यले हरेक दिन फरक–फरक समुदायको संस्कृति प्रस्तुत गरिनेछ। आइतबार नवलपुरको मध्यविन्दु नगरपालिका–३ बाट आएका टोलीले थारु समुदायको लाठी नाच, झमटा र झुमरा नृत्य प्रस्तुत गरेका थिए। आगामी दिनमा दरौँ सिरुवारी लगायतका क्षेत्रबाट आउने टोलीले आ–आफ्नो संस्कृति प्रदर्शन गर्ने छन्। कोटिहोममा नेपालका ख्यातिप्राप्त कलाकार र साधु–सन्तको प्रवचन तथा… पुरा पढौ

एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन

पोखरा, हिड्न खबर — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनको सहभागिता रहेको छ। प्रचार संयोजक लेखराज ढकालका अनुसार देशका ३५ भन्दा बढी जिल्लाबाट भक्तजनहरू कोटिहोम दर्शनमा आएका थिए। भक्तजनको उल्लेखनीय उपस्थिति र श्रद्धाले पोखराको कोटिहोमलाई ऐतिहासिक, अद्वितीय र अविस्मरणीय बनाएको आयोजकहरूको भनाइ छ। महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ४ गतेदेखि १३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। साथै युवा दार्शनिक चैतन्यकृष्ण महाराजले पनि कथा वाचन गर्ने… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ले दर्शकमा बनायो प्रभाव, खगेन्द्रको अभिनयको प्रशंसा

काठमाडौं, ३ जेठ — शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ ले दोस्रो दिनमै दर्शकको उल्लेखनीय साथ पाएको छ। शनिबार देशभरका हलहरूमा ७० देखि ९० प्रतिशतसम्म अकुपेन्सी देखिएको निर्माण टिमले जनाएको छ। निर्देशक दीपेन्द्र के. खनालका अनुसार सामाजिक विषयमा आधारित फिल्मले अफ टाइमका शोहरूमा पनि राम्रो उपस्थिति पाएको छ। “फिल्मको विषयवस्तु र कलाकारहरूको अभिनय दर्शकलाई मन परेको छ,” उनले बताए। खगेन्द्र लामिछानेको अभिनयले दर्शकको विशेष ध्यान खिचेको छ। उनी भन्छन्, “दर्शकले पशुपतिप्रसाद पछिको सबैभन्दा… पुरा पढौ