समाचार

मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकम कर्णालीमा जनसंवाद सम्पन्न

दैलेख, जेठ ४ — माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। अभियानको सुरुआत सुदूरपश्चिमको बैतडी पाटनबाट गरिएको हो, जुन अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी सुर्खेतस्थित राकम कर्णालीमा प्रवेश गरेको हो। अभियानले कर्णाली प्रवेशसँगै राकम कर्णालीमा पहिलो कार्यक्रमको रूपमा जनसंवाद सम्पन्न गरेको छ। जनसंवादका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनसम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यक परे नयाँ आन्दोलनको तयारीसमेत गर्न अभियान थालिएको बताए। उनका अनुसार, मध्यपहाडी लोकमार्ग केवल भौतिक… पुरा पढौ

अध्यक्ष प्रचण्डलाई अछाममा स्वागत, ज्ञापनपत्र बुझाइयो

अछाम, जेठ ४, हिड्न खबर — मध्यपहाडी लोकमार्ग अभियानमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको टोली अछामको पञ्चदेवल विनायक नगरपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएको छ। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउनेले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय विकास, पूर्वाधार विस्तार र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेकी थिइन्। उक्त ज्ञापनपत्रमा नगरभित्रका सडक सुधार, विद्युत् विस्तार, शिक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरण लगायतका प्राथमिकताहरू समेटिएको नगर स्रोतले जनाएको छ। अध्यक्ष प्रचण्डले ज्ञापनपत्र… पुरा पढौ

एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन

पोखरा, हिड्न खबर — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनको सहभागिता रहेको छ। प्रचार संयोजक लेखराज ढकालका अनुसार देशका ३५ भन्दा बढी जिल्लाबाट भक्तजनहरू कोटिहोम दर्शनमा आएका थिए। भक्तजनको उल्लेखनीय उपस्थिति र श्रद्धाले पोखराको कोटिहोमलाई ऐतिहासिक, अद्वितीय र अविस्मरणीय बनाएको आयोजकहरूको भनाइ छ। महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ४ गतेदेखि १३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। साथै युवा दार्शनिक चैतन्यकृष्ण महाराजले पनि कथा वाचन गर्ने… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ले दर्शकमा बनायो प्रभाव, खगेन्द्रको अभिनयको प्रशंसा

काठमाडौं, ३ जेठ — शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ ले दोस्रो दिनमै दर्शकको उल्लेखनीय साथ पाएको छ। शनिबार देशभरका हलहरूमा ७० देखि ९० प्रतिशतसम्म अकुपेन्सी देखिएको निर्माण टिमले जनाएको छ। निर्देशक दीपेन्द्र के. खनालका अनुसार सामाजिक विषयमा आधारित फिल्मले अफ टाइमका शोहरूमा पनि राम्रो उपस्थिति पाएको छ। “फिल्मको विषयवस्तु र कलाकारहरूको अभिनय दर्शकलाई मन परेको छ,” उनले बताए। खगेन्द्र लामिछानेको अभिनयले दर्शकको विशेष ध्यान खिचेको छ। उनी भन्छन्, “दर्शकले पशुपतिप्रसाद पछिको सबैभन्दा… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको शिष्टाचार भेट

काठमाडौं, ३ जेठ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आउनुभएका महासचिव पाण्डेले मन्त्री डा. राणासँग साइडलाइन भेट गर्नुभएको हो। भेटका क्रममा मन्त्री डा. राणाले बिमस्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्याउनुभएको थियो। भेटमा नेपाल–बिमस्टेकबीच जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्य र समन्वयका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्री डा. राणासँग… पुरा पढौ

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

काठमाडौं ।जेठ ३परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासद्वारा अपहरणमा परेका नेपाली युवक विपीन जोशीको रिहाइ तथा स्वदेश फिर्तीसम्बन्धी विषयमा थप पहल गर्न कतार सरकारसँग पुनः आग्रह गरेकी छन्। शुक्रबार काठमाडौँमा आयोजित सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आएका कतारको विदेश मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफासँग भएको भेटका क्रममा मन्त्री डा. राणाले यो आग्रह गरेकी हुन्। शिष्टाचार भेटका क्रममा मन्त्री राणाले विपीन जोशीको अवस्थाबारे चासो व्यक्त गर्दै उनको सुरक्षित रिहाइ तथा नेपाल फिर्तीका लागि… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ दर्शकको मन जित्दै, वर्ड अफ माउथले पाउँदै गति

काठमाडौं ।नेपाली सिनेमाप्रेमीको मन्स्पटलमा आजदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र **‘के घर के डेरा : घर नं २’**ले उत्साहजनक प्रतिक्रिया पाउँदैछ। फिल्म रिलिज भएको पहिलो दिनमै **सकारात्मक ‘वर्ड अफ माउथ’**ले यसको यात्रा बलियो हुँदै गएको छ। निर्देशक दीपेन्द्र के. खनालका अनुसार, “बिहानभन्दा बेलुकाका शोहरूमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ। वर्ड अफ माउथ बलियो बन्दै गएको छ। हेर्ने दर्शकले सिनेमा राम्रो लागेको प्रतिक्रिया दिइरहेका छन्।” जीवनलाई कसरी जिउने भन्ने सन्देश बोकेको यो फिल्म दर्शकलाई मन परेको भन्दै खनाल भन्छन्, “हामीले प्रिमियरमा जस्तो… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्री यादवबीच भेटवार्ता, जलवायु र जैविक विविधता संरक्षणमा सहकार्यको चर्चा

काठमाडौं, वैशाख ३ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवबीच सगरमाथा संवादको साइडलाइनमा आज भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको समग्र सम्बन्ध, आपसी हित र सहकार्यका विविध आयामहरूबारे छलफल गरिएको थियो। मन्त्री डा. राणाले सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव तथा भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्। भेटवार्ताका क्रममा नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको प्रसंग उठाउँदै दुबै पक्षले उक्त सम्झौता दुवै देशका लागि महत्वपूर्ण भएको बताएका थिए। साथै,… पुरा पढौ

पर्वतकी अनिता परियारलाई पुनः अर्को बज्रपात, सहयोगको अपिल

पर्वत — आमालाई जस्तोसुकै गरी बचाउन सफल भएकी पर्वत जिल्ला जलजला गाउँपालिका–७ धाइरिङकी अनिता परियार पुनः अर्को गहिरो पीडामा डुबेकी छन्। आमाको पाठेघरको क्यान्सरको उपचारका लागि आर्थिक अभावबीच संघर्ष गर्दै आएकी अनिताले फेरि एकपटक परिवारमा ठूलो बज्रपातको सामना गर्नुपरेको छ। क्यान्सरबाट ग्रसित आमा गंगा परियारको उपचार अझै सकिएको छैन, तर यसैबीच उनका बाबु पनि गम्भीर रोगले थला परेका छन्। केही दिनअघि बाबुलाई अचानक रगत बमेट गरेर होस गुमेपछि बेनी अस्पताल पुर्याइयो। त्यहाँबाट तत्काल पोखरा रिफर गरिएपछि अहिले उनी आइसीयूमा उपचाररत… पुरा पढौ

जलवायु परिवर्तनले मानवताको भविष्य नै संकटमा पार्दैछ : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भविष्य नै संकटमा पारिरहेको बताएकी छन्। शुक्रबार काठमाडौँमा सुरु भएको ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा उनले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएको स्पष्ट पारिन्। “अब जलवायु परिवर्तन कुनै देश वा क्षेत्रको मात्र समस्या रहेन, यसले सम्पूर्ण मानव जातिलाई नै संकटमा पार्दैछ,” मन्त्री राणाले भनिन्, “यसको सामना गर्न एक्लो प्रयास होइन, संयुक्त र समन्वित अभियान आवश्यक छ।” सगरमाथा संवादको आदर्श वाक्य ‘वादे वादे जायते तत्वबोधः’ उल्लेख गर्दै उनले बहस र विचारको आदानप्रदानबाट समाधान… पुरा पढौ