अवैध स्लेट ढुंगा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा

-


     हिडन खबर    
     मंसिर ९ गते २०८३ मा प्रकाशित


बागलुङ । बागलुङमा अवैध रूपमा स्लेट ढुंगा ओसारपसारमा संलग्न दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार बागलुङ नगरपालिका–१ मालढुंगा सडकखण्डमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा अवैध रूपमा ठूलो परिमाणमा स्लेट ढुंगा ओसारपसारमा संलग्न दुईवटा ट्रक फेला परेका हुन्।

प्रहरीले लु १ ख ८३३८ र रा १ ख ३०४५ नम्बरका ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा सवारीसाधन नियमित जाँचका क्रममा अवैध ढुंगा ओसारपसारमा संलग्न ट्रक फेला परेको उल्लेख गरिएको छ।