
काठमाडौं पुस १९
राजधानीमा रगत अभावका कारण विरामी समस्या परेकाे जन गुनासो आएपछि राजधानीमा दिनहुँजसो रक्तदान कार्यक्रम संचालन भइरहेको छ ।
राजधानीकाे एक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बृहत् रक्तदान कार्यक्रम गरेर आफ्नो १७ आैं स्थापना दिवस मनाएको छ ।

स्वास्थ जीवनका लागि पिउने पानीमा शुद्धता घर घरमा पुर्याउने हाम्रो प्रतिबद्धता भन्ने नारासहित
स्थापना भएको महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति स्थापना दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रगत अभावकाे कारणले कुनैपनि विरामीकाे मृत्यु नहाेस भन्ने उदेश्यका साथ खानेपानी समितिकाे स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम राखेको खानेपानी संस्थाका अध्यक्ष एल बहादुर महर्जनले बताए ।

एवि नेगेटिभ रगत भएको कारणले पनि आफुले पहिलाेपटक रक्तदान कार्यक्रममा रक्तदान गर्न पाउँदा खुशी लागेकाे स्थानीय सुकन्धारा गिरिले बताए ।

मेट्राे बल्ड बैकले सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम राखेको ठाउँमा पुगेर रगत संकलन गरेेर ल्याएर रगत आवश्यक पर्ने अस्पतालमा यहाँबाट रगत पठाउने गरेको मेट्राे बल्ड बैकका निरूता उपाध्यायले बताए ।

खानेपानी संस्थाकाे १७ आैं स्थापना दिवसको अबसर पारेर चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ संस्थाकाे कार्यालय परिसरमा भएको वृहत् रक्तदान कार्यक्रममा खानेपानी समितिका पदाधिकारी स्थानीय समाजसेवी पत्रकार खानेपानी संस्थाका उपभोक्ताका समितिका ५१ जनाले रक्तदान गरेका थिए ।


















