समाचार

एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नै पर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ८ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३, धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टरको निर्माण कार्य तत्काल अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। आज धितालस्थित भेडाबारीमा स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले सेन्टरको निर्माण प्रक्रिया अघि नबढेको गुनासो राख्दै अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। उनीहरूले सेन्टरका लागि आवश्यक प्रारम्भिक कार्यहरू — सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण — सकिएको तथा पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी… पुरा पढौ

गणतन्त्रप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ७ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको संरक्षण र सुदृढीकरणप्रति सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको बताउनुभएको छ। बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि उठेका प्रश्नहरू गम्भीर विषय भएको उल्लेख गर्नुभयो। “बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन गरेका थियौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो,”… पुरा पढौ

गणतन्त्र अगाडि र पछाडिको नेपाल : तुलनात्मक अध्ययन’ पुस्तक विमोचन

काठमाडौं, ७ साउननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : तुलनात्मक अध्ययन’ शीर्षक पुस्तकको लोकार्पण गर्नुभएको छ। एक औपचारिक कार्यक्रमबीच उहाँले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो। पुस्तकमा गणतन्त्र घोषणा हुनु अघिको नेपाल र त्यसपछिको अवस्थाबीचको राजनीतिक, आर्थिक, सामाजिक तथा संरचनागत अन्तरहरूलाई तथ्य र विश्लेषणका आधारमा तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र स्थापना हुनु नेपालको इतिहासकै महत्वपूर्ण परिवर्तन भएको उल्लेख गर्दै, यस प्रकारको अध्ययनले समाजलाई वास्तविक अवस्थाबारे जानकारी… पुरा पढौ

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार उक्त टिजर सार्वजनिक गरेको हो। टिजर मोरङ जिल्ला कारागारको अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ। त्यसपछि उनी सिक्का टस गर्छन्। टस गरिएको सिक्का चक्रको केन्द्रमा गएर अडिन्छ, जहाँ पजल देखिन्छ। पजलमा सुरुमा चक्कु देखिन्छ। त्यसपछि पहेँलो पोशाक लगाएका चारजना व्यक्ति देखिन्छन्। क्रमशः आगो र झोलाबाट उडिरहेका नोटहरू देखिएसँगै टिजर समाप्त हुन्छ। टिजरले पैसाका लागि हुने संघर्ष र त्यससँग जोडिएको रहस्यलाई संकेत… पुरा पढौ

चलचित्र ‘कोशेढुंगा’को गीत सार्वजनिक, तीज गीतमार्फत विवाहित र अविवाहितको भाव व्यक्त

काठमाडौं ।श्रावण ६चलचित्र *‘कोशेढुंगा’*को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरिएको छ। सेभेन सिज इन्टरनेसनलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन र संगीत रहेको छ।गीतमा खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर रहेको छ। तीजको सेटअपमा आधारित गीतले विवाहित र अविवाहित महिलाको मनोविज्ञानलाई उजागर गर्छ। विवाहित अवस्थामा आउने जिम्मेवारी, प्रेम र जीवनको यथार्थता तथा अविवाहित अवस्थामा हुने कल्पना र उत्सुकता गीतमा समेटिएको छ। गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र नीति… पुरा पढौ

समृद्धिका लागि नीतिगत सुधार आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार र राज्यको सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन्। शुक्रवार खुमलटारस्थित निजी निवासमा नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटका क्रममा अध्यक्ष प्रचण्डले राज्यको सोचाइ र संरचनालाई निजी क्षेत्रमैत्री बनाउनुपर्ने धारणा राखे। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना बिना समृद्धि हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भने, “राज्यले अवरोध होइन, सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” उनले… पुरा पढौ

‘जनै हराएको मान्छे’को टिजर युट्युब ट्रेन्डिङको चौथो स्थानमा

काठमाडौं ।श्रावण ४आगामी भदौ ६ गते रिलिज हुन लागेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को आधिकारिक टिजर युट्युब ट्रेन्डिङको चौथो स्थानमा उक्लिन सफल भएको छ। गत मंगलबार सार्वजनिक गरिएको टिजरले छोटो समयमै दर्शकको ध्यान तान्दै लोकप्रियता हासिल गरेको छ। यो समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स बटुलेको छ।सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गरेको टिजरले दर्शकमाझ फिल्मप्रतिको उत्सुकता र सकारात्मक प्रतिक्रिया झल्काएको छ। दर्शकहरूले युट्युबमा… पुरा पढौ

बिद्यामन्दिर माध्यमिक बिद्यालयमा व्यापक अनियमितता भएको भन्दै अख्तियारमा पर्या उजुरी

बागलुङ श्रावण ४ तत्कालीन धाैलागिरि अन्चलकाे सबैभन्दा पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दि माध्यमिक बिद्यालय बागलुङमा खण्ड खण्डमा अखण्ड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा लिखित उजुरी परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ राधाकृष्ण टाेलमा १९९७ सालमा शिक्षा सेवी आ‌ेमप्रसाद गाैचन र मेघकुमार बैधले स्थापना गरेको बिद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३५ बुँदे लिखित उजुरी परेको छ । बिद्यालयले बनाएको सटर भाडामा अनियमितता भएको  देखि छविरमण रेग्मीले प्रधानाध्यापक भएपछि बिद्यालयमा कर्मचारी शिक्षक नियुक्ति गर्दासमेत व्यापक… पुरा पढौ

साहित्य, कला र राजनीति क्षेत्रका व्यक्तित्व माओवादी केन्द्रमा

काठमाडौँ, साउन २ — नेपाली साहित्य, कला र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघका चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व वडा अध्यक्ष रामेछापका एक नेता छन्। अध्यक्ष प्रचण्डले स्वागत गर्दै भने, “हामीले त्याग, समर्पण… पुरा पढौ

जनै हराएको मान्छे’को टिजरलाई दर्शकको सकारात्मक प्रतिक्रिया

काठमाडौं — आगामी भदौ ६ गते प्रदर्शन हुने चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*को टिजरले छोटो समयमा उल्लेखनीय लोकप्रियता कमाएको छ। युट्युबमा सार्वजनिक गरिएको टिजर १२ लाखभन्दा बढीले हेरेका छन् भने प्रतिक्रिया सकारात्मक छन्। दर्शकहरूले सामाजिक कथावस्तु र सशक्त अभिनयको प्रशंसा गर्दै चलचित्रप्रति उत्साह व्यक्त गरेका छन्। कबिन्द्र श्रेष्ठ नामक दर्शकले युट्युबमा लेखेका छन्, “फिल्म असाध्यै राम्रो कथामा आधारित छ भन्ने पूर्ण विश्वास लागेको छ। शुभकामना।” अर्का दर्शक मोहित सिरपाइलीले सामाजिक कथालाई सफलताको सूत्र बताए। विजय बरालको अभिनय र… पुरा पढौ